दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार राम थापाले अग्रता बढाएका छन् ।
दमक १ को मगणना सम्पन्न हुँदा मेयरमा एमाले उम्मेदवार गिता अधिकारीले गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राप्रपका राम थापालाई ८४ मतले पछि वडा नं. १० को गणना सुरु भएपछि थापा अगाडि बढेका छन् ।
अहिलेसम्म गणना भएको ५००६ मतमा थापाले २१८५ मत प्राप्त गर्दा अधिकारीको मत २१३६ छ । थापाले ४९ मतले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकोक छ ।
यस्तै उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले २१३८ मतसहित अग्रता कायम राखेकी छन् । उपमेयरमा एमालेका अम्बिकाप्रसाद खनालको मत १९७७ छ ।
दमकमा ३९ हजार ९४९ मत खसेको छ ।