विराटनगर । मोरङको जारी मतगणनामा अहिलेसम्म ६ स्थानीय तहमा अहिलेसम्म ६ वडाअध्यक्षसहित ३० जना निर्वाचित भएका छन् ।
कानेपोखरी, सुनवर्षी, कटहरी, धनपालथान, ग्रामथान र केराबारी ३० जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
नेपाली काँग्रेसका २, नेकपा एमालेका ३ र नेकपा माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका छन् । कटहरी गाउँपालिकामा १ नं. वडाको वडाअध्यक्षमा एमालेका हरीनारयण राजवंशी ९६० मत ल्याएर निर्वाचित भएका छन् ।
कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १०८ र कानेपोखरी ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार ३०२८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । यसैगरि धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मीयाँ ५८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
सुनवर्षी नगरपालिका १ मा काँग्रेसका विरबहादुर राईले १ हजार २११ मत ल्याएर वडाअध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए । यस्तै केराबारी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार शरण मगर ६६२ मत प्राप्त विजयी भएका छन् ।