सगरमाथाको काखमा रहेको गाउँपालिकामा एमाले विजयी

सगरमाथाको काखमा रहेको गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा मिङ्मा छिरी शेर्पा २०२८ मत ल्याएर विजयी भएका हुँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका चुङ्ब शेर्पाले १६०९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत पाइन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्