केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
२०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको वडा नं १ मा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।
एमाले गाउँकमिटिका उपसचिव शरण मगरले ६६२ मत प्राप्त गरि कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । काँग्रेसको मत ६४८ आएको छ । वडामा एमालेको एक महिला सदस्यको मनोनयन खारेज भएकोले एक महिलाबाहेक प्यानल नै जितेको छ ।
सो वडाबाट पालिका अध्यक्षमा एमालेलाई ६७२ मत, कांग्रेसलाई ६२६ मत र माओवादी केन्द्रलाइ २० मत खसेको छ ।