धरान । सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन् ।
अहिलेसम्म १००० मतगणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले २७५ मतसहित पछ्याइरहेका छन् । एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन् ।
धरानको उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले २२७ मत प्राप्त गरेका छन् ।
जारी मतगणनमा वडाध्यक्षतर्फ १ मा काँग्रेसको १३२, एमालेको २६ र राप्रपाको ८७ मत आएको छ भने २ मा काँग्रेस १७३ र एमालेले १९३ मत प्राप्त गरेका छन् । वडा नं. ३ मा काँग्रेस १६७ र एमालेको मत ९९ छ ।