विराटनगर । विराटनगर महानगरपालिकामा जारी ६ वटा वडाको मतगणनामा नेपाली काँग्रेसले ४ वटा वडामा अग्रता लिएको छ ।
विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना भइरहेकोमा काँग्रेसले १, १६, १८ र १९ नम्बर वडामा अग्रता लिएको हो ।
यस्तै राप्रपाले एक र जसपाले एक वडामा अग्रता कायम गरेका छन् । वडा नम्बर २ मा राप्रपाका वडाध्यक्षका उम्मेदवार सबैभन्दा अगाडि छन् भने वडा नम्बर १७ मा जसपाका उमेदवारले अग्रता कायम गरेका छन् ।
वडा नम्बर १ को अध्यक्षमा एमालेका उमेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवारले १३६ मत प्राप्त गरेका छन् । वडा २ मा राप्रपाका उमेदवारले ११५ मत प्राप्त गर्दा एमालेले १०४ र कांग्रेसले ६४ मत पाएको छ ।
वडा नम्बर १९ को अध्यक्षमा कांग्रेसका उमेदवारले १२८ र एमालेले १२३ मत प्राप्त गरेका छन् । वडा नम्बर १८ मा कांग्रेसले ५४, एमालेले ३६ र जसपाले १९ मत प्राप्त गरेका छन् भने वडा नम्बर १७ मा जसपाले १९८, कांग्रेसले १०५ र एमालेले १०९ मत प्राप्त गरेको छ ।
वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्ष उमेदवारले ५६, एमालेले ३८ र जसपाले ४० मत प्राप्त गरेका छन् ।