उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुई वडामा सत्तारुढ गठबन्धनका उम्मेदवारको जीत भएको छ ।
लिम्चुङबुङ ४ र ५ नम्बर वडामा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरुले विजय हाँसिल गरेका हुन् ।
उदयपुरको मतगणनाको पहिलो जीत परिणाम लिम्चुङबुङबाट सुरु भएको हो । वडा नं. ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका छत्र राई विजयी भएका छन् । उनले वडामा खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नं. ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका कविचन्द्र राई विजयी भएका छन् । उनले वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् ।
पाँच वडा रहेको सो पालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई र उपाध्यक्षमा काँग्रेसका पुष्पलाल राईको अग्रता रहेको छ । अध्यक्षमा माओवादीका राईले ७०२ मत प्राप्त गर्दा नेकपा एमालेका राजकुमार राईले ४५४ मत र स्वतन्त्रका होमबहादुर राईले ५०५ मत प्राप्त गरेका छन् ।