विराटनगर । झापाको भद्रपुर नगरपालिकामा नेपााली काँग्रेसले सुरुवाति अग्रता बनाएको छ । विहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाममा काँग्रेसले अग्रता बनाएको हो ।
भद्रपुर नगरपालिका १ को मतगणनामा मेयरमा नेपाली काँग्रेसले ३३९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १९९ मत प्राप्त गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार १७७ मत प्राप्त गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।
उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ३३३ मतका साथ अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवारले २०५ र राप्रपाले १८३ मत प्राप्त गरेको छ । सो वडाको वडाध्यक्षमा भने नेकपा एमाले २८९ मतका साथ अग्रस्थानमा रहेको छ, दोश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४२ मत प्राप्त गरेको छ । राप्रपाले २१७ मतका साथ पछ्याइरहेको छ ।