विराटनगर महानगरको मतगणना सुरु

विराटनगर । विहान ८ बजेबाट सुरु गर्ने भनिएको विराटनगर महानगरपालिकाको मतगणना बल्ल १० बजे सुरु भएको छ ।

उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको हो । सुरुवातमा विराटनगरका वडा नं. १, २, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । सीसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ ।

विराटनगरमा ८९ हजार ६७८ मत खसेको छ। महानगरमा १ लाख ३३ हजार १४२ मतदाता थिए ।

बैशाख ३१, २०७९, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर