विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा मत नेकपा एमालेले सुरुवादेखि लिएको अग्रतालाई कायम राखेको छ ।
अहिलेसम्म २४०० मतगणना गर्दा एमालेकी राजमति इङनामले ९६७ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका सञ्जय भट्टराईले ६०७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका सूर्य धिमालले ४३२ मत प्राप्त गरेका छन् ।
गाउँपालिका एमालेका उपाध्यक्ष उम्मेदवार भोला अधिकारीले १०२४, कांग्रेसका मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर ७ र १ नम्बर गणना भइरहेको छ ।
कूल ७ वटा वडा रहेको कानेपोखरीमा २२ हजार ७३१ मत खसेको छ ।