मोरङमा मतदान जारी, मतदान सकिँदा ९ बज्ने

विराटनगर । मोरङको २५ मतदान स्थलमा अहिले पनि मतदान जारी रहेको छ ।

विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ । निर्वाचन आयोगले ५ वजेसम्म मतदानको समय तोकेको भएपनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।

विराटनगरको हाटखोला, पुसेट कलेजलगायतको स्थानमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । यस्तै सुन्दरहैरचाका विभिन्न मतदान स्थलहरुमा मतदान भइरहेको छ ।

मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अवस्था रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तिमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

‘केराबारीको उत्तरी क्षेत्रमा भएको मतदान स्थलबाट मतदान भएको मतपेटिका सडकको कारणले धनकुटा हुँदै ल्यानुपर्ने छ’ उनले भने, ‘त्यही भएर समय लाग्छ ।’

शुक्रबार, ३० बैशाख, २०७९, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर