विराटनगर । संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ ।
चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विसफोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
‘विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।’


