एमाले कार्यकर्तालाई १० थान मतपत्र दिएपछि काभ्रेको पाँचखालमा तनाब

एमाले कार्यकर्तालाई १० थान मतपत्र दिएपछि काभ्रेको पाँचखालमा तनाब

काठमाडौं। काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका र मतदान केन्द्र तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । प्रहरीले मतपत्र भने सुरक्षित राखेको जनाएको छ ।

मतदान अधिकृतले नेकपा एमालेका एक कार्यकर्तालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोधमा उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्