मेरिल्याण्डकी राजलक्ष्मी अग्रवाल उत्कृष्ट

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा राजलक्ष्मी अग्रवाल उत्कृष्ट भएकी छिन् । त्रिभुवन विश्वविद्यालयद्वारा २०७७ मा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएर उत्कृष्ट भएकी हुन् ।

उक्त अंक प्रदेश १ कै उच्च रहेको बुझिएको छ । यस वर्षको रिजल्ट कोरानाले गर्दा दुई वर्ष ढिलो आएको हो । अहिले परिणाम आएका विद्यार्थीहरु चौथो वर्षमा अध्ययनरत छन् । मेरिल्याण्डबाट १ जना डिस्टीङसन, १४ जना प्रथम श्रेणी सहित सवोउत्कृष्ट नतिजा विद्यार्थीहरुले ल्याएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए ।

मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवालले २०७८ सालको विविएस तेस्रो वर्षको परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन् । त्यसैगरि २०७४ सालमा रोहित कार्कीले ८४.३ प्रतिशत अंक ल्याइ नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा किन्जल पोख्रेलले त्रिभुवन विश्वविद्यालय टप गरी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

व्यवस्थापन शिक्षामा २० वर्षको सफल इतिहास रचेको मेरिल्याण्ड कलेज प्रदेश एक र राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ ।

बैशाख २५, २०७९, दिउँसोको ०२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर