विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकमा माओवादी केन्द्रका तर्फबाट बनेका अध्यक्षका उम्मेद्वार सूर्यबहादुर धिमालको पक्षमा जनलहर देखिएको छ ।
निर्वाचन प्रचारको समय ४ दिनमात्रै बाँकी छँदा आज ५ नम्बर वडामा आयोजित घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागीता थियो ।
कानेपोखरीमा नेकपा एमाले, नेकपा माओेवादी केन्द्र र नेपाली कांग्रेस मुख्य प्रतिस्पिर्धी दलहरु हुन् । यसबाहेक राप्रपाले पनि आफ्नो छुट्टै उम्मेद्वारी दिएको छ । एमाले बाहेकका गठबन्धन दल मिलेर जाने प्रयास अन्तिममा असफल भएको थियो ।
मोरङको कानेपोखरी गाउँपालिकामा धिमालले ०७४ सालमा पनि उम्मेद्वारी दिएका थिए । त्यसबेला उनलाई एमालेबाट उम्मेद्वार बनेका तारा काफ्लेले पराजित गरेका थिए । पुनः सोही पदमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका धिमालले यस पटक एमालेका तर्फबाट उम्मेद्वार बनेकी राजमती इङ्नाम र कांग्रेसका उम्मेद्वार संजय भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।
सादा जीवन, स्वच्छ छवि र स्थानीयस्तरमा लोकप्रिय रहेका धिमाललाई पार्टीको मात्रै नभएर स्वतन्त्र मानिसहरु पनि आकर्षित भएका छन् । तुलनात्मक रुपमा एमालेबाट अध्यक्षमा उम्मेद्वार बनेकी राजमती इङ्नाम र कांग्रेसबाट उम्मेद्वार बनेका सञ्जय भट्टराई भन्दा धिमाल बुद्धिजीवि, त्यागी र लोकप्रिय रहेका छन् ।
एमालेलाई यसअघि जितेर पालिकामा गरेको विभिन्न भ्रष्टाचार र अनियमितताको आरोप लागेको छ भने कांग्रेसका उम्मेद्वार भट्टराईलाई टुरिष्ट उम्मेद्वारको ट्याग लागेको छ ।
पालिका संचालन गर्दा एमालेलाई लागेको ९ आरोप
१) आर्थिक वर्ष ०७५/०७६ सम्ममा ४ करोड १३ लाख ५५ हजार रुपैयाँ रकम गैरकानूनी तरिकाले खर्च । उक्त रकम भ्रष्टाचार गरेको हुनसक्ने आशङ्का गरिएको छ । आर्थिक वर्ष ०७६÷०७७ र ०७७÷७८ को बेरुजु रकम समावेश गर्दा कानेपाखरीमा झण्डै १० करोड रकम अनियमितता हुनसक्ने ।
२) करारमा कर्मचारी भर्ना गर्दा वा रोजगारी तथा शीपमुलक तालिमको अवसर आउँदा आफन्त, नातागोता र कार्यकर्तालाई मात्रै प्राथमिकता दिने, गरिव तथा विपन्न समुदायलाई पाखा लगाउने गरिएको छ ।
३) कोरोना काल (लकडाउन)मा राहत वितरण, माक्स्क वितरणमा व्यापक असमानता गरि कार्यकर्तालाई मात्रै वितरण गरियो ।
४) कोरोना खोपको चरम अभावको बेला कार्यकर्तालाई घरघरमा पुगेर खोप दिने तर आम सर्वसाधरणको जीवनमाथि खेलवाड गरियो ।
५) कृषि अनुदान कार्यकर्तालाई मात्रै बाँडियो । पावर टिलर, हाते ट्याक्टरलगायतका अनुदानका कार्यक्रम पनि जनप्रतिनिधि, आफन्त र कार्यकर्तालाई बाँडियो ।
६) विकासका नाममा टुक्रे योजना राखी कार्यकर्तालाई व्यापक भ्रष्टाचारमा समावेश गराइयो ।
७) जहिले पनि उपभोक्ता समिति निर्माण गर्दा कार्यकर्तालाई मात्रै समावेश गरेर समिति निर्माण गरियो । जनतालाई विकास निर्माणका काममा सहभागी गराइएन ।
८) चिसाङ खोलाको गिटी बालुवा अमानतमा दिई अनियमितता गरी लाखौं हिनामिना गरियो ।
९) गरिवको लागि स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यकर्ता र आफन्त केन्द्रीत गरिएको ।