सुरक्षा निकायको सहायता लिएर आजदेखी उपत्यकाको फोहोर उठाइने

काठमाडौं । सुरक्षा निकायको सहायता लिएर आजदेखी उपत्यकाको फोहोर उठाइने भएको छ ।

पासाङ ल्हामु सडकखण्ड कालोपत्र गर्न माग राख्दै स्थानीयले अवरोध गर्दै आएपछि काठमाडौंका सडक किनार दुर्गन्धित बनेका छन । सडक निर्माणलगायत माग राखेर स्थानीयले बैशाख ११ गतेदेखि ढुवानी अवरुद्ध गर्दै आएका छन् ।

आजदेखि सुरक्षा निकायको सहायता लिएर आजदेखी उपत्यकाको फोहोर ढुवानी गरिन लागेको महानगरको वातावरण तथा कृषि बिभागका निर्देशक प्रमुख सरिता राईले अजानकारी दिएकी छन् ।

शनिबार, २४ बैशाख, २०७९, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर