आईजीपी प्रकरणमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति प्रकरणमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सरकारले प्रहरी महानिरीक्षकमा वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटको जेठ १७ गते पूर्ण सुनुवाइ हुने मिति अदालतले तोकेको छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेश मात्र जारी गरेको हो । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

बिहिबार, २२ बैशाख, २०७९, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर