विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८० बुद्धे प्रतिवद्धता पत्र सार्वजानिक गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरेका हुन् ।
यादवले जारी गरेको प्रतिवद्धता पत्रमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, यातायात, फोहर तथा प्रदुषण व्यवस्थापन, कृषि, खेलकुद, संस्कृति, सम्पदा, शहरको सौन्दर्यकरण, सेवा प्रभावह, रोजगारी र सुशासनलाई समावेश गरको छन् ।
जारी गरेको प्रतिवद्धता पत्रमा प्रदेश सरकारको लागि आवश्यक पर्ने भवनको लागि जग्गा प्रदान गरेर सरकारी कार्यालयहरुलाई सकेसम्म एउटै कम्पाउण्ड भित्र राख्न प्रदेशसरकारसँग समन्वय गर्ने, विराट राजाको दरवारलाई पर्यटकिय क्षेत्र निर्माण गर्न गुरु योजना बनाएर पुरातात्विक महत्वको समानहरुको संरक्षण गर्न म्युजिएम सहतिको निर्माण गरिने, प्रत्येक वडामा सार्वजानिक शौचालय निर्माण गरिने, वर्षेनि हुने बाढी र डुवानको प्रकोपबाट मुक्त गर्न विज्ञहरुसँग परामर्श गरि दिर्घकालिन समाधानका उपाय खोजि गरिनेछ । यस्तै आर्थिक विपन्न, अपाङगता भएकाहरुको पहिचान गरि उनीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिने, विराटनगर महानगरपािलको स्वामित्वमा रहेको आफ्नै सुविधा सम्पन्न एम्बुलेन्स सेवा सुचारु गरिने, सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १२ सम्म उद्यमशिलतामा आधारित पाठयक्रमको विकास गरि लागु गरिनेछ । यस्तै सामुदायिक विदालयहरुमा हप्ताको एक दिन स्पोर्ट डे बनाउने र उक्त दिन विद्यार्थीलाई उद्यमशिलता गीत, संगीत, कला, संस्कृति खेलकुद तथा व्यक्तित्व विकासको तालिम पदान गर्ने व्यवस्था गरिनेछ । यस्तै विराटनगरमा नगर बस संचालन गर्ने, विराटनगर भित्र व्यवस्थित पार्किङको व्यवस्था गरिने, सडक पेटिमा निर्माण सामाग्री थुपारेर सडक अवरुद्ध गर्ने र फोहर गर्नेलाई कानुनी कारवाही गरिने प्रतिवद्धता पत्रमा उल्लेखछ । विराटनगर भित्र सम्पूर्ण घरधुरीमासम्म खानेपानी संस्थान सँग समन्वय गरि शुद्ध खानेपानीको धारा पु¥याउने, सार्वजानिक स्थलमा निःशुलक शुद्धखानेपानीको व्यवस्था गर्ने, कृषिकलार्य समयमै मलखाद, उन्नत जातका बिउ बिजन प्रदान गरिनेछ । यस्तै सिंघिया खोला करिडोर सडक निर्माण गरि वृक्षरोपण गरिने, हाइवे पश्चिमको नहरको सरसपाmइ गरि नहरको दुवै साइडमा रुख विरुवा रोपिने, महानगरपालिकाका हरेक कार्यालयहरुमा भ्रष्टचारमा शुन्य सहनसिलता कायम गरि भ्रष्टचारमुक्त बनाइने घोषण पत्रमा उल्लेख छ ।
