विराटनगर । बम राखिएको फोन आएपछि आतंक मच्चिएको त्रिभुवन विमानस्थलको अवस्था सामान्य बन्दै जान थालेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली, कुकुरसहित अनुसन्धान गर्दा बम फेला नरेपछि अवस्था सामान्य बन्दै जान थालेको हो ।
कतै बम फेला नपरेपछि विमानस्थल पुनः सामान्य अवस्थामा फर्किएको विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार पाकिस्तानबाट १०ः४५, ४६ र ५१ मिनेटमा फोन आएको थियो । हिन्दी भाषामा बोलेका ती व्यक्तिले आन्तरिक टर्मिनलमा बम राखेको भन्दै फोन गरेका थिए ।
त्यसपछि लगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालिएको थियो । थप अनुसन्धान जारी रहेको महाप्रवन्धक ठाकुरले जानकारी दिए ।