नसामा लठ्ठिएका एसएसबीका जवानले दशगजामा गोली चलाए

विराटनगर । नेपालर –भारतको सीमाक्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् ।

स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका हुन् । आज २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाइ फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए ।

स्थानीयका अनुसार ड्युटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए । ‘होहल्ला गरेपछि स्थानियले उनलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाइ फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । हवाइ फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टी गरेका छन् । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भने, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौं ।’ अहिले गोली चलेको ठाउँमा स्थानियको भीड लागेको छ ।

सोमबार, १९ बैशाख, २०७९, दिउँसोको ०२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर