कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा दिने घोषणा

विराटनगर । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेको कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

कांग्रेसले दुई दिनअघि उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाबाही गरेको थियो। उनले पार्टी विधान विपरीत गतिविधि गरेको आरोपमा कांग्रेसले कार्वाहि गरेको हो ।

डडेल्धुरामा बिहीबार पत्रकार सम्मेलन गरी मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले भने, “मलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले कांग्रेस पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिंदैन, त्यसैले आजैदेखि प्रदेश सभा सदस्य नरहेको घोषणा गर्दछु।”

कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्लले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्टीकरणको समेत मौका नदिई कारबाही गरेर आफूमाथि अन्याय गरेको बताए।

सभापति देउवाले दिएको पीडाका कारण आफ्ना साथीहरूले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ थियो। उनले स्थानीय चुनावमा डडेल्धुरामा नेकपा (एमाले) सँग तालमेल गरेर उम्मेदवार उठाएका छन्।

बिहिबार, १५ बैशाख, २०७९, दिउँसोको ०२:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर