प्रदेश १ मा राप्रपा र लिम्बुवानपनि गठबन्धनमा मिसिए

विराटनगर । प्रदेश १ मा सत्ता गठबन्धनका चार दलबीचको भागबण्डामा किचलो भइरहेको बेला सोही गठबन्धनमा राजेन्द्र लिङ्देनले नेतृत्वको गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्चपनि सहभागीभएको छ ।

सुनसरीको इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाकातर्फबाट प्रदेश १ काअध्यक्ष रामथापा र लिम्बुवानका केन्द्रीय महासचिव अशोक चेम्जोङको सहभागीता थियो ।

‘बैठकले राप्रपालाई १ नम्बर प्रदेशमा गठबन्धनमा समावेश गरेर जाने निर्णय भयो,’ माओवादी केन्द्र प्रदेश १ काउपाध्यक्षशिवकुमार डाँगीले जानकारी दिए, ‘अब राप्रपा र लिम्बुवानपनि गठबन्धनमा सहभागीभएका छन् ।’

यस्तै सो बैठकले प्रमुख र उपप्रमुखवाअध्यक्ष र उपाध्यक्षमामहिलाको प्रतिनिधित्व सुनिश्चित गराउने, माथिको निर्देशनअनुसार ३ गतेसम्मजिल्लाले टुंग्याएर प्रदेशमा पठाउने, ५ गतेसम्ममाप्रदेशले केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रदेशले निर्णय गरिरहँदा संखुवासभालगायतका स्थानमा गठबन्धन तोडिएको घोषणा भइरहेको विषयमा के हुन्छ भन्ने प्रश्नमा डाँगीले भने, ‘त्यहाँबाट पनिकांग्रेस र माओवादीको छुट्टा–छुट्टै रिपोर्ट सम्बन्धीत पार्टीमा आउँछ, प्रदेश पार्टीले त्यसलाई समायोजन गरेर पठाउँछ ।’
यसअघि बसेको प्रदेश १ का गठबन्धन चार दलनेपालीकांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठकले वडा तहसम्मै सहमति गरेर चुनावमाजाने निर्णय गरेको थियो ।

सोही बैठकबाट प्रदेशकाप्रमुखहरु रहेको अनुगमन संयन्त्रपनिनिर्माण गरेको थियो । ‘गठबन्धन भित्रका पार्टीहरुले गठबन्धन विरोधी कुरा गर्नु नहुने, उम्मेद्वारी दर्ता भइसकेपछि त्यसको विरुद्धमा जानेहरुलाई नियन्त्रण गर्ने कामपनि सो संयन्त्रले गर्नेछ,’ डाँगीले भने । अहिले जिल्लाभन्दातल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको उनले बताए ।

शनिबार, ०३ बैशाख, २०७९, बिहानको ०९:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर