बेलबारीमा छोराले गरे बाबुको हत्या 

विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ मा छोराले आफ नै बुबाको हत्या गरेको छन्  । काफ्ले टोलका ३१ वर्षीय वासुदेव कार्कीले बिहीबार दिउँसो आफ्नै बुबा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका हुन ।

अंशबन्डासम्बन्धी विवाद हुँदा वासुदेव बुबा आमा र भाइ तीर्थराज सँग जाइ लागेका थिए ।

जय बहादुरले छोरीलाई जग्गा बेचेपछि उनीहरूको विवाद भएको पाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर खगेन्द्र धमलाले बताए । त्यही विवादलाई लिएर वासुदेव र उनका भाइ तीर्थराजबिच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा वासुदेवले आँगनको ढुङ्गामा पछारेको प्रहरीले जनाएको छ ।

दिउँसो १२तः३० बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध जयबहादुरलाई उपचारका लागि विराटनगरको विराटनगर अस्पतालमा ल्याएको थियो । अस्पतालमा ल्याउने बित्तिकै चिकित्सकले जयबहादुरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाबुको हत्यामा संलग्न वासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । वासुदेवले आमा ५८ बर्सिया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ ।

वासुदेव भने इटहरीमा बस्दै आएका थिए ।

बिहिबार, ०१ बैशाख, २०७९, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर