विराटनगर।स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । उनका अनुसार प्रदेशमा ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।
प्रदेशको सबैभन्दा बढी झापामा मतदान स्थल ‘अति संवेदनशील’ रहेको छ । झापा पछि मोरङ र सुनसरीको मतदान स्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरि तेही अनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईको जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानिय तहरूको मतदान स्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडी बढाएको हो ।
७ सय ७७ मतदान केन्द्र र २ सय ८६ मतदान स्थल रहेको झापामा ५१ मतदान स्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १५३ संवेदनशील र ८२ सामानय रहेको छ । झापा पछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानिय तह रहेको मोरङमा ४९ वटा मतदान स्थल अति संवेदनशील रहेको छ । ८ सय २० वटा मतदान केन्द्र र ३ सय वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १ सय ५५ र ९६ वटा सामान्य रहेको छ । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मदान स्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरि सुरक्षा योजना अगाडी बढाएको छ ।
५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल रहेको सुनसरीमा ४४ अति संवेदनशील, ८० संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै १५९ मतदान केन्द्र र १ सय १८ मतदान स्थल रहेको धनकुटामा १५ वटा मतदान स्थल अति संवेदनशील रहेको छ । २५८ मतदान केन्द्र र ९८ मतदान स्थल रहेको उदयपुरमा १२ अति संवेदनशील मतदान केन्द्र, ५० वटा संवेदनशिल र ३६ सामान्य रहेको छ । २८५ मतदा केन्द्र र १५१ मतदान स्थल रहेको इलाममा अति संवेदनशील २९ वटा रहेको छ । इलाममा ५९ संवेदनशील र सामान्य ६३ रहेको प्रहरीले जनाएको छ । १७६ मतदान केन्द्र र १ सय १ मतदान स्थल रहेको पाँचथरमा २७ अति संवेदनशी, संवेदनशील ६४ र १० सामान्य रहेको छ । ९५ मतदान केन्द्र ५७ मतदान स्थल रहेको तेह्रथुममा अति संवेदनशील नभएको जिल्ला सुरक्षा समितिले प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ । तह्रथुममा १८ मतदान स्थल संवेदनशील र ३९ सामान्य रहेको छ ।
१६० मतदान केन्द्र र ८७ मतदान स्थल रहेको भोजपुरमा १८ अति संवेदनशील, २३ संवेदनशील र २४ समान्य रहेको छ । यस्तै १९४ मतदान केन्द्र १३६ मतदान स्थल रहेको खोटाङमा ३५ अति संवेदनशील, ५८ संवेदनशील र सामान्य ४३ रहेको छ । १५० मतदान केन्द्र र ७९ मतदान स्थल रहेको ओखलढुंगामा अति संवेदनशील नभएको, संवेदनशील ६ र सामान्य ७३ रहेको छ । ३६ मतदान केन्द्र र २३ मतदान स्थल भएको ताप्लेजुङ्गमा अति संवेदनशील २३, संवेदशील २८ र ७९ सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
१६३ मतदान केन्द्र र १०३ मतदान स्थल रहेको संखुवासभामा ७ अति संवेदनशील, ७९ संवेदनशील र १७ सामान्य रहेको छ । १३४ मतदान केन्द्र र १२२ मतदान स्थल रहेको सोलुखुम्बुमा ११ अति संवेदनशील, ११ संवेदनशील र ३३ सामान्य रहेको छ ।
१४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन
प्रदेश १ मा स्थानिय तहको निर्वाचनमा १४ बढी नेपाल प्रहरी मात्र खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी बाहेक १७ हजार ७ सय म्यादी प्रहरी प्रहरी परिचालन गरिने भएको छ । जनपथ प्रहरी, म्यादी प्रहरी बाहेक सशस्त्र प्रहरीले पनि छुट्टै निर्वाचनमा सशस्त्र प्रहरी परिचालन गर्नेछ ।
स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए ।
सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।
यस बाहेक मोवाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।