जापान जान लागेकी महिला एक थान गोलीसहित विमानस्थलबाट पक्राउ

जापान जान लागेकी महिला एक थान गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थान गोलीसहित एक जना महिला पक्राउ परेकी छिन्।

भानु नगरपालिका– ७ तनहुँकी २७ वर्षीया सोविता नेपालीलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्