प्रथम टि–२० क्रिकेटको उपाधि राजविराजलाई

विराटनगर । प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरी राजविराजले जितेको छ ।
विराटनगर–१९ वैजनाथपुरको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा जनकपुरलाई १० रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो ।
उपाधिसँगै राजविराजले नगद १ लाख १ हजार रूपैयाँ पायो । उप बिजेता बनेको जनकपुरले ५१ हजार रूपैयाँमा चित्त बुझायो ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य लक्ष्य खडा ग¥यो । राजविराजका लागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन जोडे । पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए ।

जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिए । सुजित मण्डल र रूपेश यादवले समान २÷२ विकेट र विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य बिजय लक्ष्य पछ्याएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा अलआउट भयो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन बनाए । विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकाश दासले ३ विकेट लिए । नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुव आलम १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साहले जिते । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटमेन राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले जनही ५–५ हजार प्राप्त गरे ।
विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रिफि वितरण गरेका थिए ।

शनिबार, २६ चैत, २०७८, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर