किरात सभ्यता जोड्न खोज्दा नभएको ‘कोशी सभ्यता’ जोड्न खोजियो : मुख्यमन्त्री राई

विराटनगरमा प्रदेश १ स्तरीय वाङ्मय सङ्गोष्ठी सुरु

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण किराँत सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तत्थ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्मय संङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेशको नामाकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तत्थ्य विना अर्काे सभ्यता खडा गर्दा कतिको न्यायोचित हुन्छ ?’, मुख्यमन्त्री राईले भने, ‘कोशी सभ्यता वास्तवमा भनिदै आएको हो की साँच्चैको सभ्यता हो ? कोशी सभ्यता हो की होइन प्रश्न उठेको छ ।’

मुख्यमन्त्री राईले मानवको उत्पत्ती हँदा पानीको आवश्यकता पुरा गर्न मानव वस्ती सुरुवातको चरणमा नदीको छेउछाउ बसोबास गरेपनि पानीले सभ्यताको विकास नगर्ने बताए । ‘सभ्यता मानवले विकास गर्ने हो, पानीले होइन,’ उनले भने, ‘कुनै खोला किनारमा घना मानव वस्ती छैन अहिले । सभ्यता नदी या पानीले बनाउँदैन सभ्यता मानवले बनाउने हो अहिलेसम्म कोशीको आसपासमा मानव बसोबास छैन त्यहाँ कोशी सभ्यता कसरी मान्न सकिन्छ की सकिँदैन ।’

प्रदेशको नामाकरणमा किराँत सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तत्थ्य विना अर्काे सभ्यता खडा गर्दा न्यायोचित नहुने भनाइ थियो । राईले संस्कृती भाषा लोप भइरहेको बताउँदै नयाँ पुस्तामा परेको पश्चिमाकरणको प्रभाव, अन्तरजातीय विवाहलगायत अन्य विविध कारणले लोप हुनु आफ्नो ठाउँमा भएपनि राज्यको गल्ती र विभेदको कारणले संस्कृती भाषा र सभ्यता लोप हुनु नहुनेमा जोड दिए ।

प्रदेश सरकारले पनि प्रदेशमा साहित्य र वाङ्गमयको क्षेत्रमा काम गर्ने उद्देश्यले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको जानकारी दिँदै राईले प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन गर्ने व्यवस्था उक्त ऐनमा रहेको जानकारी दिए ।

विराटनगरमा प्रदेश १ स्तरीय वाङ्मय सङ्गोष्ठी सुरु

विराटनगरमा दुई दिने प्रदेश १ स्तरीय बृहद् वाङ्मय सङ्गोष्ठी–२०७८ सुरु भएको छ ।

प्रदेश सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल प्रज्ञा–प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित गोष्ठीमा प्रदेश १ का १४ जिल्लाका साहित्यकारहरू सहभागी छन् । गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा विभिन्न ६ विधामा कार्यपत्र प्रस्तुत हुनेछ ।

प्रस्तुत हुने कार्यपत्रहरुमा प्रा.डा. टेकबहादुर श्रेष्ठले नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नम्बर १ को वैशिष्ट्यबारे, शिवनारायण पण्डित ‘सिंगल’द्वारा प्रदेश १ को मैथिल जीवन दर्शनबारे, साहित्यकार दधिराज सुवेदीले प्रदेश १ मा नेपाली समालोचनाको स्थितिबारे, प्रा.डा.सोमप्रसाद खतिवडाले कोशी प्रसवण क्ष्ोत्रका सांस्कृतिक सम्पादाबारे, मधुराज केरुङले किराँत जनजीवन र लोकसाहित्यबारे र डाक्टर तारामणि राईले प्रदेश १ मा बोलिने मातृभाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठीको अवसरमा गजल सन्ध्या, विशेष कवि गोष्ठी तथा स्थानीय सांस्कृतिक झाँकीहरुको विशेष प्रस्तुती पनि हुने आयोजक संस्था विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलले जानकारी दिए ।

शुक्रबार, १८ चैत, २०७८, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर