विराटनगर । सङ्घीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानले धरानका विभिन्न ठाउँमा हिजो साँझ अप्रेसन गरेको थियो ।सो क्रममा धरान-१३ स्थित शिव धाराबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा धरान-१३ का ओम प्रकाश नेम्वाङ,भरत मगर, सुजन श्रेष्ठ र मन्दिप मगर, धरान-१९ का जनम मगर, धरान–३ का राजीव मगर र सारङ खड्गी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेकाको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।


