मिल्स गोल्डकपको नाफा ३७ हजार ४ सय

मिल्स गोल्डकपको नाफा ३७ हजार ४ सय

विराटनगर । मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको छ । गत चैत १४ गते सम्पन्न गरेको उक्त प्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गराउन विराटनगर महानगरपाकिाले १ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ सहयोग गरेको थियो । प्रतियोगिताको लागि विभिन्न संघसंस्था र फुटबल प्रेमीहरुबाट जम्मा ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ संकलन भएको मिल्स गोल्ड कप फुटबल ट्रष्टको कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगितामा पुरस्कार तथा मायाको चिनोमा ३ लाख ५८ हजार ७ सय ८० रुपैयाँ खर्च भएको उनले जानकारी गराए । मुनाफा भएको ३७ हजार ४ सय ७२ रुपैयाँ मौज्दात गरेसँगै प्रतियोगिता ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जानकारी गराएको छ ।
प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो । फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई पेनाल्टीसुटआउटमा ४–३ गोलले पराजित गर्दै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि हात पारेको थियो भने उपविजेता भएको साइनोले ७५ हजार रुपैयाँ पाएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्