स्वदेशी जुत्ताचप्पल उद्योगलाई माया गरौँ

 पुण्य पी अधिकारी

नेपालको ३५ औँ प्रधानमन्त्रीका रूपमा २०६८ भदौ ११ गते डाक्टर बाबुराम भट्टराई सत्तामा पुगे । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट भट्टराईले विशेष घोषणा गरे– विदेशी कम्पनीको गाडी प्रयोग नगर्ने तर, स्वदेशी कम्पनी हुलासले पार्टपूर्जा जोडेर नेपालमा तयार पारेको ‘बा १ झ ९३६० नम्वरको मुस्ताङ म्याक्स’ चढ्ने ।

डाक्टर भट्टराईको त्यो घोषणाले खुबै चर्चा पायो । स्वेदशी उद्योगलाई अब राज्यले सम्बोधनसँगै संरक्षण र सम्वद्र्धन गर्ने आशा नेपाली उद्यागी व्यवसायीको थियो । तर, मुस्ताङ म्याक्स चढ्ने भनेर चर्चा कमाएका भट्टराईले स्वदेशी उद्योगीलाई संरक्षण र सम्वद्र्धनका लागि विशेष कार्य सम्पादन गर्न सकेकन् । नेपालले डाक्टर प्रधानमन्त्री पाउँदा देशले काँचुली फेर्छ भन्ने नेपाली जनताको सपनालाई भट्टराईले सार्थक पार्न सकेनन् । सरकारले २०६९ मा युरो–३ मापदण्ड बाहेकका सवारी सञ्चालनमा बर्जित गर्ने निर्णय गरेपछि हुलासका मोटर गाडी उत्पादन बन्द भयो ।

अहिले विराटनगरमा जुत्ताचप्पल मेला चलिरहेको छ । नेपाली उत्पादन हामी नेपालीलाई त्यति निको लाग्दैन । विदेशी उत्पादन भने मापदण्ड बमोजिम नभएपनि उपयुक्त नै लाग्छ । नेपालमा चुत्ता चप्पल उत्पादन गर्दै आएका १२ कम्पनीले नेपाली चुत्ताचप्पल उद्योगको संरक्षण र सम्वद्र्धनको प्रयास गरिरहेका छन् । २०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा भएको लकडाउनले अर्थतन्त्र धरायसी भएको छ । सबै क्षेत्रमा नकारात्मक असर परेको छ । यसबाट कमजोर भएका नेपाली उद्योगलाई उकास्न सरकारले ठोस कार्यक्रम ल्याएको देखिदैन ।

स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादन मन पराउने नेपाली शैलीले ५५ हजार श्रमिक कार्यरत नेपाली चुत्ताचप्पल उद्योगलाई अझै स्थापित गराउन नसक्नु पीडादायी अवस्था नै छ । हाइलाइफको उत्पादनभन्दा नाइकी, हृक, एडिडासका उत्पादन हामीलाई मन पर्छ । जसका कारण नेपाली जुत्ताचप्पल कारखानाले उत्पादन गरेका जुत्ताचप्पल छायामा पर्ने गरेका छन् । एक अध्ययनले नेपालमा प्रतिब्यक्ति सरदर तीन जोर चुत्ता वा चप्पल वार्षिक रूपमा खपत हुने देखाएको छ । यहि अध्ययनलाई आधार मान्ने हो भने ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने वार्षिक ९ करोड जोडी चुत्ता चप्पलको माग आन्तरिक बजारमा छ । जसमध्ये ६३ प्रतिशत माग आन्तरिक उत्पादनले धानेको छ । यद्यपि नेपाली जुत्ताचप्पल उद्योग भने स्थापित हुन नसकिरहेको अवस्था छ । आम उपभोक्ताको रोजाइमा स्वेदशी उत्पादन नपर्दा नेपाली उद्योग स्थापित हुन नसकेको दृष्टान्त हामीसामु छर्लङ्ग नै छ ।

आवश्यक पूर्वाधार र उपयुक्त कच्चा पदार्थको अभावले नेपाली चुत्ताचप्पल उत्पादनपछि आकर्षक नदेखिने, चुस्त दुरूस्त स्वरुपमा निर्माण नहुने हुँदा नेपाली जुत्ताचप्पल आम उपभोक्ताको रोजाइमा नपर्ने गरेको देखिन्छ । नाइकी, हृक, एडिडास जस्ता छरिता र हेर्दै आकर्षक लाग्ने जुत्ताचप्पल नेपाली जुत्ताचप्पल उद्योगले उत्पादन गर्न नसकेकै कारण नेपाली चुत्ताचप्पल उद्योग अझै कमजोर अवस्थामा रहेको बुझ्न सकिन्छ । तथापी सीमित श्रोत साधनले मजबुत चुत्ताचप्पल उत्पादन गरी नेपाली उपभोक्ताको मन जित्न प्रयास गरिरहेको नेपाली जुत्ताचप्पल उद्योगलाई आम उपभोक्ताले होस्टेमा हैँसे गर्नु अति नै आवश्यक छ । नेपाली जुत्ताचप्पल उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्दै जुत्ताचप्पलमा नेपाललाई आत्मनिर्भर बनाउने साझा अभियानमा हामी सबैमा साझा सहयोग अति नै आवश्यक छ ।

शुक्रबार, २३ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर