राप्रपा अध्यक्ष लिङ्देनको जिल्ला समितिलाई खादा, मालाको तामझाम नगर्न सर्कुलर

राप्रपा अध्यक्ष लिङ्देनको जिल्ला समितिलाई खादा, मालाको तामझाम नगर्न सर्कुलर

विराटनगर । केही दिनअघि दाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा २५ केजीको फूलको माला अस्वीकार गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं पुग्नासाथ माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्लालाई निर्देशन दिएका छन्।

दाङको सभामा कार्यकर्ताले ठूलो माला लगाउन खोज्दा अध्यक्ष लिङ्देनले २५ किलोको माला लगाउने काम गरिसकेको छैन, देश र जनताका लागि धेरै काम गर्न बाँकी छ, त्यसपछि माला लगाउँला पहिले काम गरौं भनेका थिए।

पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरु जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन केन्द्रीय कार्यालयले मातहतका निकायलाई सर्कुलर गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्