विराटनगर । प्रहरीले सिराहा र सप्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट शनिबार ७० किलो गाँजा बरामद गरेको छ । सप्तरीको कंकालिनी नगरपालिका ११ स्थित एउटा परालको कुन्यूमा लुकाइराखेको ४० केजी गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार नै ३० किलो गाजा बरामद गरेको थियो । भारत तर्फ गाँजा लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।