विराटनगर । विराटनगर – ११ रामपुर चौकस्थित सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ । आज राती ७: १० बजे भएको सवारी दुर्घटनामा परि साईकल यात्री विराटनगरका ३४ वर्षिय मुन्ना कुमार साहनीको मृत्यु भएको हो ।
रामचौकको भित्री सडक खण्डमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको गरेको को२त ७१३९ नम्बरको ट्रेक्टरले विपरित दिशावाट आउदै गरेको साईकल यात्री सहनीलाई ठक्कर दिएको थियो । घाईते भएका सहनीलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पु¥याउँदा चिकित्सकले आज राती ७ : ४० बजे मृत्यु घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले ट्रेक्टर चालक विराटनगरका १९ वर्षिय मुकेश कामतलाई पक्राउ छ ।चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।