विराटनगर । १ नं. प्रदेश स्तरीय कालो बेल्टको ग्रेडिङ् कार्यक्रमबाट ४१ खेलाडी कालो बेल्टमा ग्रेडिङ भएका छन् । ब्लाक बेल्ट प्रथम डानबाट ३४ जना, दोश्रो डानबाट ६ जना र तेस्रो डानबाट १ जना दिक्षित भएका हुन् ।
ब्ल्याक बेल्ट प्रथम डानबाट दिक्षित हुनेमा कानेपोखरी तेक्वाण्डोबाट आशिष भुजेल र निश्चल लिम्बू साथै दोश्रो ग्रेडिङबाट इन्दिरा थापा र युवराज भुजेल लगायत रहेका छ्न ।
दिक्षित हुनेमा १ नम्बर प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम, ताप्लेजुङ लगायतका १३ जिल्लाका खेलाडीहरू रहेका छन् ।
मोरङको कानेपोखरीको ६ रमाइलामोे भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा आईटिएफ तेक्वाण्डोका अध्यक्ष अन्जन धमलाले गरेका थिए ।
कार्यक्रममा ग्रेडिङ भएका खेलाडीहरुलाई कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, आइटिएफ प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमलालगायलते मेडल वितरण गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको सेमिनार तथा ग्रेडिङमा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले सहभागीता जनाएको आइटिएफ कानेपोखरीका अध्यक्ष युवराज भुजेलले जानकारी दिए ।
