गोकुल पराजुली
स्थानीय तहको निर्वाचन पछि विराटनगरमा एउटा नाराले राम्रै स्थान पायो ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ । निर्माणको चरणमा रहेको विराटनगरमा वर्षौंदेखि धूलो र प्रदुषणबाट आक्रान्त जनताका लागि यो नारा प्रिय थियो । त्यसमा पनि हरेक दिन जनप्रतिनिधिले दोहो¥याई तेहे¥याई गरेपछि सबैलाई कण्ठै भयो । समस्यामा परेका नगरबासीलाई त्यो नाराले आकर्षित नगर्ने कुरै थिएन, ग¥यो । तर, यो नारा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भनिरहने ‘म घुस खान्न खानपनि दिन्न’ भनेजस्तै भयो । यी दुबै नारा जति कर्णप्रिय सुनिएको थियो कार्यान्वयनको पाटो त्यतिनै फितलो र कमजोर हुनपुग्यो ।
विराटनगरका बाटाघाटा कालोपत्रे भएपछि धूलोको समस्या त न्यूनीकरण भयो तर नगर सफा भएन । सडक किनारा र हाम्रा बस्तीहरु हराभरा पनि भएनन् । कालोपत्रे गरेर चिटिक्क पारिएका सडकलाई केही दिनमै धूलोले छपक्कै छोप्यो । सडक किनारामा थुप्रिएको त्यो धूलो सँधै उडिरह्यो, अहिले पनि उडिनैरहेको छ ।
देशका प्रमुख प्रदुषित सहरहरुमध्ये विराटनगर पनि पर्छ । जनस्वास्थ्यका दृष्टिले विराटनगर आजपनि उच्च जोखिममा छ । त्यस जोखिमबाट जोगाउने, प्रदुषण न्यूनीकरण गर्ने कुनैपनि सार्थक पहल र प्रयत्न भएको छैन । विराटनगरलाई राम्रो बनाउने धेरै कुराहरु सुनिएको थियो । स्वच्छ, हराभरा र सुन्दर बनाउने कुरा मात्र होइन त्यसका लागि थोरबहुत बजेट पनि छुट्टिएकै थियो । तर, आजपनि विराटनगरको अवस्था पहिलेको तुलनामा फेरिएको छैन । हो, सडकको यात्रामा केही सहजता त आएको छ तर सरसफाइको पाटो सन्तोषजनक छैन । आलोचनायोग्य नै छ ।
यी त भए धूलो र धुँवाको कुरा । वातावरण र स्वच्छताको कुरा । आज मैले यहाँ भन्न खोजेको कुरा के हो भने अहिले हाम्रो विराटनगर राम्रो विराटनगर छैन । माथि उल्लेख गरेको कुराले पनि हाम्रो विराटनगर राम्रो भन्न सक्ने अवस्था रहेन । त्यसमा पनि अहिले हाम्रो विराटनगर फोहोरी भएको छ । केही समय यता यसको फोहोरीपना बढ्दै गएको छ । विराटनगरका गल्लीगल्ली, टोलटोल फोहोरी बनेको छ । अझ भनौं विराटनगरका घरहरु फोहोरी भएका छन् ।
तिहारपछि हरेक घरमा उत्सर्जन भएको फोहोर उठेको छैन । घरघरमा फोहोरको डंगुर लागेको छ । घरबाट निस्किएको फोहोर सडक र गल्लीमा थुप्रिएको छ । फोहोर संकलन गर्ने ठेक्का लिएका ठेकेदारका कर्मचारी टोलहरुमा पुगेका छैनन् । नगरबासीहरु फोहोर थन्क्याउन नपाएर हैरान भएका छन् । यसर्थ विराटनगर फोहोरी भएको छ ।
फोहोर संकलन र व्यवस्थापन गर्दै आएको ठेकेदार कम्पनीको ठेक्का कात्तिक अन्तिमबाट सकिदै थियो । त्यसै अनुसार वैकल्पिक व्यवस्था महानगरले मिलाउन सकेन । ठेक्का लगाएपनि उसले जसरी तयारी गर्नुपथ्र्यो वा महानगरले गराउन सक्नुपथ्र्यो त्यसो गर्न नसकेकै कारण आज समस्या भयो । आम नगरबासी जसले महशुल तिरेर फोहोर व्यवस्थापन गरिरहेका थिए उनीहरुले फोहोर फाल्न पाएका छैनन् । अवस्था यतिसम्म छ कि फोहोर व्यवस्थापनका लागि ठेकेदार कम्पनीलाई टेलिफोन गर्दा उनीहरु निरिहता प्रकट गर्छन् र भन्छन् ‘हामीले फोहोर संकलन गर्न सकिरहेका छैनौं, तीन चार घरमै एउटा ट्रयाक्टर भरिन्छ, ल्याण्डफिल्ड साइडको पनि समस्या भयो, हामी मिलाउँछौं, गर्छौं ।’
महानगरले तिमी पैसा तिर हामी तिमीले उत्सर्जन गरेको फोहोर व्यवस्थापन गरिदिन्छौं भनेको छ । त्यहि भएर नगरबासी ठेकेदार कम्पनीको नियम अनुसार सदस्य बनेर नियमित शूल्क तिरेका हुन् । आज नगरबासी फोहोर व्यवस्थापन गर्न नसकेर पीडित भएका छन् । आफ्नो घर, टोल र सडक दुर्गन्धित भएको टुलुटुलु हेरिरहेका छन् तर महानगरका अधिकारीहरुको ध्यान त्यतातिर छैन । जनप्रतिनिधिहरु आफ्नै सुरमा छन्, कसैलाई चुनाव जित्नु छ, कसैलाई जिताउनु छ । गुट फेर्नु छ, फेराउनु छ । यी सबै हिसाबले आज विराटनगर फोहोरी भएको छ । अझ भनौं जानिबुझी हाम्रो विराटनगरलाई फोहोरी विराटनगर बनाइएको छ ।
There is no management to pick garbage daily basis after paying the monthly charges..
We r compelled to throw this on road …. Now