लोड हुँदैछ...

मेनु

माननीय ज्यू मन्त्री बन्न योग्य हुनु हुन्छ ?

माननीय ज्यू मन्त्री बन्न योग्य हुनु हुन्छ ?

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभावाट विश्वासको मत लिए संगै गठवन्धनका दलहरु सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । हुन त यो प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले तिन बर्ष सम्म सरकारलाई पुर्णता नदि मुख्यमन्त्री पद त्याग गर्नु पर्ने अवस्था आयो ।

यति बेला अब प्रदेशमा कति मन्त्रालय बनाउने र कति जना मन्त्री बन्ने भन्ने चर्चा सुरु भएको छ । वितेका तिन बर्षलाई निहालेर हेर्दा प्रदेश संरचनाले जनतामा विश्वास र आसा जगाउन सकेको अवस्था छैन् । यति बेला जनताहरु हाम्रो करले महगा गाडी चढ्ने र सुविधा भोग गर्ने आरोप सवै भन्दा वढि प्रदेश सरकारकै व्यक्तिहरुलाई लगाइ रहेका छन् । त्यसमा पनि अव प्रदेशका मन्त्रालयहरुको संख्या वढाउनु पर्ने र मन्त्रीपनि शेरधनको सरकारको भन्दा निकै वढी बनाउनु पर्ने वाध्यतामा गठवन्धका दलहरु छन् । तर जनतालाई यो गठवन्धनको वाध्यताले छुने वाला छैन् र त्यसमा पनि सत्ताच्युत्त हुनु परेको पिडामा रहेको एमालेले अब बन्ने मन्त्रीको संख्या र विभाजन गर्न लगाएका मन्त्रालयका वारेमा जनतामा राम्रै संग दुस्प्रचार गर्नुलाई कुनै अनौठो नमान्दा हुन्छ ।

यहाँ मैले मन्त्रालयको संख्या वढाउन लागेको कुरालाई उठाउन खोजेको पक्कै हैन् । नेपाल अधिराज्यको संविधानले तोके भन्दा वढि प्रदेशमा जति दल गठवन्धन भएपनि मन्त्रालयको संख्या वढ्ने वाला छैन् । मैले यहाँ उठाउन खाजेको कुरा हाम्रा प्रदेशका माननीय ज्यूहरुको मन्त्री बन्ने इच्छाका वारेमा मात्र चर्चा गर्न लागेको हो ।

यति बेला गठनवन्धनका सवै माननीय ज्यूहरुलाई मन्त्री बन्ने भुत चढेको छ । हुन त यो प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएका भिम आर्चायलेपनि आफ्नो फोटो झुड्याउनका लागि मात्र ६७ दिने मुख्यमन्त्री बनेको हामी सवैले देखेका छौं । पहिलो पटक शेरधन राई संग मुख्यमन्त्री वन्ने दौडमा पछारीनु भएका आर्चाय मुख्यमन्त्री बन्नकै लागि माधवकुमार नेपालको फेरे चटकै छोडेर ओली ‘बा’ को लाइनमा लामवद्ध हुन पुग्नु भयो । उहाँको मुख्यमन्त्री बन्ने तिव्र अभिलासा पुरा गर्न शेरधन राईले सहज रुपमा राजिनामा गर्नु भयो । तर आर्चाय मुख्यन्त्री बनेको पुष्टी हुन सकेन किन कि सदनमा विश्वासमा मत लिन दिन पदवाटै राजिनामा गर्नु भयो । आचार्यको यो राजनितिक भुललाई इतिहासले पक्कै पनि मुल्याङकन गर्ने छ ।

पक्कैपनि संघियताको अभ्यासमा हामी छौं । प्रदेशलाई पहिला बलियो बनाउनु पर्छ भन्ने कुरामा हामी संञ्चारकर्मीपनि सुरुका दिन देखि लागेकै हो । प्रदेशमा रहनु भएका ९३ जना माननीय ज्यूहरुलाई हामीहरुले हरेक दिन राम्रो संग बुझ्न र सुन्न पाएका छौ । प्रदेश सभा सञचलनका क्रममा माननीय ज्यूहरुले के बोल्नु भयो के गर्नु भयो भन्ने हिसाव किताव प्रदेश सभामा नियमीत रिपोटीङ गर्ने पत्रकाहरुका डायरीमा सुरक्षीत छ । यति मात्र हो प्रदेशलाई वलिायो बनाउनु पर्छ भन्ने मानेमा हामीले सबै कुरालाई समाचार नबनाउनु हाम्रो गलती थियो होला । तर यति बेला मननीय ज्यूहरुको मन्त्री बन्ने इच्छा देखेर उदेक लागेर आउँछ । तिन बर्ष सम्म प्रदेश सभाको रोष्टमा उभिएर आफ्नो कुरा प्रष्ट संग राख्न नसक्ने माननीय ज्यूूहरुलाईपनि यति बेला मन्त्री चाहीएको छ । मैले यहाँ भनि रहेको छु उहाँहरुले जनताका कुरा त राख्न सक्नु हुन्न थियो नै आफ्नै कुरा समेत राख्न नसक्ने माननीय ज्यूहरुको मन्त्री बन्ने इच्छा देखेर म मात्र हैन उहाँ आफैपनि एकलै हुदा झस्कीनु हुन्छ । होला यो मन्त्री पद कसैको बाउको दाइजो बा फोकटमा कसैको फोटो राख्नका लागि सृजना गरीएको पद पक्कै पनि हैन् । माननीय ज्यू एक पटक सम्झनु होस तपाई कसरी कस्को कहाँ कहाँको फेर समातेर माननीय बन्नु भएको छ ? हिजोका सबै कुरा विर्सेर फेरी आज मन्त्री बन्ने दिवा सपना किन देख्नु हुन्छ ? तपाईलाई मन्त्री बनायो भने यो प्रदेशले के पाउँछ ? यहाँका जनताले के पाउँछन् ? तपाईलाई लाग्दो हो माननीय भएपछि मन्त्री किन नबन्ने ? तर याद होस ड्राभिङ लाइसेन हातमा छ भन्दैमा गाडी चाउन जानिदैन । अनि धेरै चलाउन जान्दछु भन्नेहरुले पनि ठूलाठूला दुर्घटना गरेका छन् ।

मलाई यहाँ निर यो प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले हामी संग पटक पटक भन्ने कुरा याद आयो । मैले धेरै पटक प्रदेश सरकारका कामलाई जोडेर मुख्यमन्त्री राई संग कुरा गर्दा उहाँले भन्नु हुन्थ्यो, ‘एक पटक वडा अध्यक्ष समेत नभएका व्यक्तिलाई एकै पटक मन्त्री बनाएर चलाउन तपाईले भने जस्तो सजिलो छैन् लिला जी ।’ वास्तवमा त्यो पिडा पहिलो मुख्यमन्त्री भोगेको वास्तविक पिडा हो । त्यही कारणले होला तिन बर्ष सम्म सरकारले जनताले सोचे जस्तो परिणाम निकाल्न सकेन् ।

तर अब यो गठबन्धनाई शेरधन सरकारलाई जस्तो यो वा त्यो वहानाले जनतावाट उन्मुक्ती पाउने अवस्था छैन् । त्यसैले अब बन्ने मन्त्री वडा अध्यक्ष त बनेका नर्पलान तर आफ्ना कुरा समेत राख्न नसक्ने चाही नहुन भन्ने हो । अब छोटो समयमा धेरै काम गर्नु पर्ने भएकाले हाम्रा भन्दापनि राम्रा मान्छे गठवन्धनका दलहरुले छान्न सकेनन् भने इतिहासले फेरी यनीहरुलाई धिर्काने र र निर्वाचनले यस्ता दललाई वढार्ने छ ।

त्यसैले हाम्रा माननीय ज्यूहरुलाई मेरो आग्रह छ । अब मन्त्री वनेर झण्डा हल्लाउने सपना त्यागनु होस् । एक पटक सोच्नु होस तपाई भन्दा धेरै त्यग गर्नु भएका मान्छेहरु आज वडा अध्यक्ष समेत नभएर पनि इमान्दारीताका साथ राजनिति गरी रहनु भएको छ । हुन त यी मेरा बनाइने तपाईलाई छुनवाला छैन् किन भने तपाई जहा हुन हुन्छ त्यहाँ त्याग र वलिदान भन्दापनि चकडी र नातावादले आइ पुग्नु भएका हो । तपाईहरुलाई लागि रहेको छ मेरो व्यक्तिगत क्षमताले त यो प्रदेश सांसद पनि बन्ने थिइन आखिर अर्कैले बनाइ दिएको हो मन्त्री पनि बनाइ दियो भने किन नबन्ने भन्ने तपाईको सपना पनि सहि नै छ । त्यसैले दलका नेताहरु होसियार पाए भन्दैमा जे पायो त्यही नगर नत्र तिमीहरुको हालपनि ‘बा’ कै चेलुवाको जस्तो हुन वेर लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।