पुण्य पीअधिकारी
कुनै एक समय थियो, जतिबेला महानायक राजेश हमालले कस्मिक योङयाङ मोटरसाइकलको विज्ञापनमा अभिनय गर्नु भएको थियो । आज अवस्थामा फेरिएको छ । पार्टपूर्जा आयात गरेर नेपालमा निर्माण गरिएको कस्मिक योङयाङ मोटरसाइकल अहिले बजारमा पाउन सम्भव छैन । यसको मुख्य कारण हो, हामी नेपालीलाई स्वेदशी उत्पादनभन्दा विदेशी उत्पादन मन पर्छ । अपवादमा चाऊचाऊबाहेक धेरै उत्पादनमा नेपाली उपभोक्ता मन जाँदैन । चाँहे ति दैनिक उपभोग्य वस्तु नै किन नहुन् ।
चैत ५ गतेदेखि ०८७ वैशाख ५ गतेसम्मका लागि यतिवेला विराटनगरमा चुत्ताचप्पल व्यापार मेला चलिरहेको छ । फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशनअफ नेपालले चुत्तापप्पल मेलाको आयोजना गरेको छ । नेपालमा चुत्ताचप्पल उत्पादन गर्दै आएका १२ ओटा कम्पनीले स्टल राखी नेपाली जुत्ताचप्पल उद्योगको संरक्षण र सम्वद्र्धनको प्रयास गरेका छन् । भलै विराटनगरमा यसअघि पनि विभिन्नखाले महोत्सव र चुत्ताचप्पल व्यापार मेलाको आयोजना भएका छन् । तर यसअघि भएका महोत्सव वा जुत्ताचप्पल व्यापार मेलाको अवस्था भने फरक छ । ०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा भएको लकडाउनले अर्थतन्त्र धरासायीभएको छ । सबै क्षेत्रमा नकारात्मक असर परेको छ ।
अर्थतन्त्र कमजोर भएको अवस्थामा हिम्मत गरेर नेपाली उत्पादनलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि फुटवेयर म्यानु प्याक्चरर्स एसोशिएशन अफ नेपालले एक महिने जुत्ताचप्पल मेलाको आयोजना गर्नु आँफैमा सकारात्मक पक्षहो । तर स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादन मन पराउने नेपाली शैलीले ५५ हजार श्रमिककार्यरत नेपाली जुत्ताचप्पल उद्योगलाई अझै स्थापित गराउन नसक्नु पीडादायी अवस्था नै छ । हाइलाइफको उत्पादनभन्दा नाइकी, हृक, एडिडासका उत्पादन हामीलाई मन पर्छ । जसका कारण नेपाली जुत्ताचप्पल कारखानाले उत्पादन गरेका जुत्ताचप्पल छाँयामा पर्ने गरेका छन् । एक अध्ययनले नेपालमा प्रतिव्यक्ति सरदर तीनजोर जुत्ता वा चप्पल वार्षिक रूपमा खपत हुने देखाएको छ । यही अध्ययनलाई आधार मान्ने हो भने ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने वार्षिक ९ करोड जोडी जुत्ताचप्पलको माग आन्तरिक बजारमा छ । जसमध्ये ६३ प्रतिशत माग आन्तरिक उत्पादनले धानेको छ । यद्यपी नेपाली जुत्ताचप्पलउद्योग भने स्थापित हुन नसकिरहेको अवस्था छ । आम उपभोक्ताको रोजाइमा स्वेदशी उत्पादन नपर्दा नेपाली उद्योग स्थापित हुन नसकेको दृष्टान्त हामी सामु छर्लङ नै छ ।
आवश्यक पूर्वाधार र उपयुक्त कच्चा पदार्थको अभावले नेपाली जुत्ताचप्पल उत्पादनपछि आकर्षक नदेखिने, चुस्तदुरूस्त स्वरुपमा निर्माण नहुने हुँदा नेपाली जुत्ताचप्पल आमउपभोक्ताको रोजाइमा नपर्ने गरेको देखिन्छ । नाइकी, हृक, एडिडास जस्ता छरिता र हेर्दै आकर्षक लाग्ने जुत्ताचप्पल नेपाली जुत्ताचप्पल उद्योगले उत्पादन गर्न नसकेकै कारण नेपाली जुत्ताचप्पल उद्योग अझै कमजोर अवस्थामा रहेको बुझ्न सकिन्छ । तथापि सीमित श्रोत साधनले मजबूत जुत्ताचप्पल उत्पादन गरी नेपाली उपभोक्ताको मन जित्न प्रयास गरिरहेको फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपाललाई आम उपभोक्ताले होस्टेमा हैँसे गर्नु अति नै आवश्यक छ ।
एक थलोमा नेपालमा जुत्ताचप्पल उत्पादन गरिरहेका १२ ओटाभन्दा बढी कारखानाले उत्पादन गरेका ५ हजार भन्दा बढी मोडेलका जुत्ताचप्पल राखि व्यापार मेलाको रूपमा नेपाली जुत्ताचप्पल उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्दै जुत्ताचप्पलमा नेपाललाई आत्मनिर्भर बनाउने साझा अभियानमा हामी सबैमा साझा सहयोग अति नै आवश्यक छ । यसर्थ नेपाली उत्पादनलाई मायागर्दै एक पटक जुत्ताचप्पल व्यापार मेलाको अवलोकन गरेमामात्र आयोजकलाई प्रशस्त हौसला मिल्ने देखिन्छ ।