प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो

भन्सार तिरेर आयत गरिएको माछा बिक्रीको लागि काठमाडौं पठाउने क्रममा बाटोमा नियन्त्रणमा लिएर प्रहरीले दुःख दिने गरेको गुनासो

विराटनगर । माछा व्यवसाय गर्दा प्रहरीले अनावश्यक रुपमा दुःख दिने गरेको व्यवसायीहरूले गुनासो गरेका छन् । कानूनी प्रक्रिया पूरा गरि राज्यलाई राजस्व तिरेर माछा बिक्री गर्न खोज्दा पनि प्रहरी प्रशासनबाट अवरोध गरेर दुःख दिने गरेको गुनासो माछा व्यापारीले गरेका हुन् ।

भन्सार तिरेर आयत गरिएको माछा बिक्रीको लागि काठमाडौं पठाउने क्रममा बाटोमा माछा बोकेको गाडी नियन्त्रणमा लिएर सुनसरी प्रहरीले दुःख दिने गरेको माछा व्यापारीले गुनासो छ ।

विराटनगरको एसजीआई एग्रो प्रालिले ५ लाख ३३ हजार ७ सय ६० रुपैयाँमा १ हजार ९ सय २० केजी रहु, पंगास र रुपचन्द नामको माछा आयात गरेको थियो । नेपालमा माछाको आयात गर्ने विराटनगरका माछा व्यवसायी एहसान शेखले माछाको ६६ हजार रुपैयाँ राजस्व विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

भारतदेखि आयत गरेको माछा विराटनगर ल्याएपछि व्यापारी शेखले माछा काठमाडौंका खुद्रा व्यापारी धनुषा फिस हाउसलाई बुधबार राति ८ बजे पठाएको थियो । ‘राति ११ बजे भाण्टाबारी प्रहरी चौकी सुनसरीको प्रहरीले रोक्यौं । हामीसँग सबै कागजपत्र थियो । तर, माछा प्रहरीले भाण्टाबारी प्रहरी चौकीमा लिएर गयो,’ माछा व्यवसायी शेखले भने, ‘प्रहरीले रातभरी चौकीमा राखेर बिहीबार बिहान मात्र माछाको गाडी लैजान दिएको छ ।’

सबै कागजपत्र हेरेपछि कुनै कैफियत नभेटेपछि माछा र गाडी छोडेको उनले बताए । उनले सरकारलाई राजश्व तिरेर दर्ता भएको संस्थाले बिक्री गर्दासमेत प्रहरी–प्रशासनबाट अवरोध सिर्जना भएको गुनसो गरे ।

‘सरकारको मापदण्डअनुसार राजस्व बुझाउँछौँ । प्रक्रिया पूरा गरि माछा बिक्री गर्न लैजान प्रहरीले दुःख दिने गरेको छ,’ उनले भने, ‘गाडी रातभरी राखेर विहानी पख आइसभित्र राखेको प्याकेटको माछा खोलेको थियो । यसरी प्याकेट खोलेपछि आइस पलिएर माछाको गुणस्तर घट्छ । जसले गर्दा व्यवसायीलाई नोक्सानी हुने गरेको छ ।’

उनले वैधानिक तरिकाले गर्दै आएको व्यवसायमा प्रहरीले असहयोग गरेको गुनासो गरे । ‘हामीले वैधानिक तरिकाले गरेको व्यवसाय फस्टाएको यहाँका प्रहरी–प्रशासनलाई पचेन जस्तो छ,’ उनले भने ।

देशलाई आर्थिक रूपमा सबल बनाउन थालिएको व्यवसायमा सरकारी पक्षबाट अवरोध सिर्जना भएपछि माछा व्यवसायिकलाई प्रहरी प्रशासनले हतोत्साहित बनाएको व्यवसायीको भनाई छ । काम गरेर खान्छौँ भन्दा उल्टै अवरोध सिर्जना गरेर हतोत्साहित बनाउने काम प्रहरी–प्रशासनले गरेको उनले बताए । ‘हामीलाई सरकारले केही दिनुपर्दैन, स्वतन्त्र रूपमा व्यवसाय गर्न वातावरण दिए पुग्छ,’ उनले भने, ‘कर तिरेर वैधानिक रूपमा व्यवसाय गर्दा पनि सरकारी पक्षबाट नै अवरोध हुने गरेको छ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले प्रतिबन्धित माछाहरू आउने क्रमम बढेकोले प्रहरीले नियमित चेकजाँच गरिरहेको बताए । भाण्टावारी प्रहरी चौकीका सइ सुरज खवासले बिगतमा पनि प्रतिबन्धित माछा आयात हुने गरेकोले नियमित चेकजाँचको क्रममा शंकालागेपछि गाडी रोकेको बताए ।

‘ठूलो परिमाणमा माछा आयात भएको थियो । त्यहि भएर चेकजाँच गरिएको हो । प्रहरीले गर्ने चेकजाँचलाई लिएर दुःख मान्नु हुदैन,’ उनले भने, ‘रातको समय भएकोले विहानीपख व्यवसायीको उपस्थितमा माछा चेकजाँच गरि प्रक्रिया पुरा गरेर सम्पूर्ण जागतजा पूरा भएको पाइएपछि माछा छोडिएको हो ।’

शुक्रबार, १३ चैत, २०७७, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर