पुण्य पी अधिकारी
नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैङ्गिक हिंसाविरूद्ध र लैङ्गिक हिंसा न्यूनीकरणका लागि मनाइने १६ दिवसीय अभियानको अन्त्यमा हामी आइपुगेका छौँ । लैङ्गिक हिंसाको विरोधमा हामीले जति समीक्षा गरीरहेका छौँ, त्यसले एक ढङ्गमा सकारात्मक सन्देश दिएको छ । तर, आशातीत रूपमाभने हामी लैङ्गिक हिंसाका घटनाबाट पीडित बनि रहेका छौँ । लैङ्गिक हिंसा भन्ने बित्तिकै हामी स्त्रीलिङ्गीमाथिको हिंसा सम्झन्छौँ । वास्तवमा लैङ्गिक हिंसाले एउटा जातीविशेषको हिंसा नभएर समग्र मानव जीवनमाथि कै हिंसा भएको बुझ्न हामीगाहृो मान्छौँ । पछिल्लो समय हामी नैतिक शिक्षाका हिसाबले कमजोर बन्दै गएका छौँ ।
नैतिक शिक्षालाई छोडेर हामी सबै कुरालाई समयसँग आएको परिवर्तन भन्छौँ । समयको परिर्वतनलाई स्वीकार गर्ने धारणा राख्छौँ र स्वीकार पनि गर्छौ । तर त्यही समयसँगै आएको परिवर्तनले ल्याएका कुविचार र कुप्रथाहरूलाई कहिल्यै नियाल्दैनौँ ।
लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियानमा हामीले हिंसा न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्र, तह र तप्काबाट सहयोग ग¥र्यो, प्रतिवद्धता व्यक्तग¥र्यो, तर लैङ्गिक हिंसाको परिभाषालाई अझ सङ्कुचित अर्थमा बुझ्न थालेका छौँ । जसले समाधानभन्दा समस्या बढी सिर्जना गर्न थालेको छ । १६ दिवसीय अभियानका क्रममा हामीले महिला र बालिकामाथि हिंसाका घटनाहरू बढ्दै गएकोप्रति दुःख व्यक्त गर्दै महिला हिंसा र बालिकामाथिका हिंसा न्यूनीकरणका प्रयासहरूलाई अझ सशक्त बनाउन आफैसँग प्रविवद्धता व्यक्त ग¥र्यो । तर त्यही हिंसाभित्र बालक र पुरूषहरू परेका तथ्याङ्कलाई मिहीन ढङ्गले केलाउन समय निकालेनौँ । जसका कारण समाजमा दुई खाले हिंसाका रूपमा चर्चा र बहस हुन थालेको छ ।
महिला र बालिकामाथिका हिंसा अधिकांश यौनजन्य घटनासँग जोडिएर आउने गरेका छन् । त्यहीभित्र पछिल्लो समयमा बालकहरू यौनजन्य घटना र वयस्कहरू श्रमकानाममा बेचिएको यर्थाथलाई हामी उतिसाहृो महत्व दिँदैनौ । जसका कारण समाजमा दिनप्रतिदिन हिंसाका घटनाहरू रूप परिर्वतन गरेर बढ्दै गएका छन् । प्राकृतिक, कृत्रिम वा अन्य जुनसुकै प्रकारका विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुने गरेका छन् । कोभिड–१९ को विश्वव्यापी महामारीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक नै सबै भन्दा बढी प्रभावित भएको हामी जानकार नै छौँ । विपद्का समयमा महिला र बालिकामाथि भएका तथ्याङ्कहरूलाई हामी केलाउँदै समस्या समाधानका उपायहरूको खोजीमा लाग्छौँ ।
तर विपद्भित्र बालक र पुरूषहरू पीडित भएका तथ्याङ्कलाई हामी कम आक्दै आएका छौँ, जसले गर्दा भोलिका दिनमा हामीसामु हिंसाका घटनामा अर्को खाले रूप देखिने छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान चलिरहेको अवस्थामा बालक र वयस्क पुरूषहरू कसरी हिंसामा परेका छन् भन्नेतर्फ चाहेर पनि चासो दिन सकिरहेका छैनौँ । महिला र बालिकामाथि हुने हिंसाका बारेमा त बन्द समाजमा हुर्किएका हामी सबै जानकार नै छौँ । लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियानले सबैखाले हिंसा अन्त्यको परिकल्पना गर्दछ । तर वास्तवमा त्यो हुन सकिरहेको छैन । महिला र बालिका परिवारकै सदस्यबाट हिंसा परेका छन् भने वयस्क पुरूष रोजगारीका नाममा बेचिएका छन् । परिवारका लागि विदेसिएर खुनपसिना बगाएर आउँदा जहान परिवारबाट बिल्लीबाठमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क हेर्ने हो भने बालकहरू पछिल्लो समय यौनजन्य हिंसामा पर्न थालेका छन् । मोरङ जिल्लाको तथ्याङ्कलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०७४÷०७५ मा ७ जना बालक यौनजन्य हिंसाबाट पीडित भएका छन् । आ.व.०७५÷०७६ मा ३ जनाबालक यौनजन्य हिंसाबाट पीडित भएकोमा चालु आ.व.को पाँच महिनामा ३ जना बालक यौनजन्य हिंसामा परिसकेका छन् । यो तथ्याङ्कले समेत के सङ्केत गर्न थालेको देखिन्छ भने लैङ्गिक हिंसाले महिला र बालिकामात्रलाई समेट्छ भन्ने आमबुझाइमा परिर्वतन आवश्यक छ । लैङ्गिक हिंसामा महिला मात्र होइन पुरूषहरू पनि हिंसामा पर्न थालेका छन्, र सबैको साझा प्रयासबाट मात्र लैङ्गिक हिंसा न्यूनीकरण सकारात्मक दिशामा अघि बढ्न सक्छ । लैङ्गिक हिंसाका मुलकारणहरूमा गरिबी, अशिक्षा, अन्धविश्वास, सामाजिक तथा धार्मिक परम्परा र सूचना प्रविधिको दुरूपयोग जस्ता विषयहरू देखिन्छन् ।
पूर्वीय सभ्यताले समलिङ्गी विवाहवा सम्बन्धलाई बर्जित गरेको छ । हाम्रो कानुन र संविधानले पनि बर्जित नै गरेको छ । तर पछिल्लो समय नेपालमा समलिङ्गीहरूले विवाह गरेको दृश्य सामाजिक सञ्जालमय बनेको छ । जसले एक अर्थमा आधुनिकताको परिचय त देला, तर त्यसले समाजमा सन्तुलनभन्दा लैङ्गिक हिंसाका घटनाहरूलाई मलजल पु¥याउने देखिन्छ ।