पिछडावर्ग र मधेशीबीच फरक

 जय प्रकाश महतो

तराई मधेस नेपालको समतल भुभाग हो । यस भुगोलमा अनेक प्रकारको भाषा–भाषी, संस्कृति, संस्कार, पहिरन, धर्मको उपस्थिति रहेको छ । ती जातिको पेशा पनि फरक–फरक रहेको छ । सामाजिक आवश्यकता पुरा गर्नको लागि जे कुराको आवश्यक पर्छ, ती सबै एउटा जातिले अर्को जातिलाई पुरा गर्नसक्छ । त्यसैले, कर्मको आधारमा जातिको विभाजन गरेको पाईन्छ । जस्तै भाँडोको आवश्यकता पुरा गर्न कुम्हार, तरकारी खेती गर्न कुशवाहा–कोईरी, पशुपालन गर्न यादव, माछा मार्न मल्लाह, एउटा नदीको किनाराबाट अर्को नदी किनारामा जाने नाउ चलाउन केवट, बिक्री वितरण गर्न वैश्य बनिया, कपाल काटन हजाम, तेल बनाउन तेली, आदि । समाजको सम्पूर्ण आवश्यकता पुरा गर्ने यी जातिहरु मानव पालनहार हुन् । यी जातिहरुलाई संरक्षण गर्नुको साटो आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भाषिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा जानजान पछाडि पारेको देखिन्छ । यी जातिको पेशा मात्र सुरक्षित रहने हो भन्ने नेपालमा बेरोजगारी समस्या नै समाधान हुन्छ । जतिबेला यी जातिहरुको पेशा संस्कृति र सम्मानजनक व्याख्या गरेको थियो, त्यतिबेला समाजको हरेक व्यक्ति सुखी र सम्पन्न रहेको पाइन्छ ।

मधेशमा थुप्रै जातिहरुको बसोवास छ । ती सबै जातिहरुलाई मधेशी भन्न सकिन्छ । पहाडमा बस्ने सबै पहाडी, हिमालमा बस्ने सबै हिमाली हुन् । तर, तराई मधेशका सामन्तीहरुले यसलाई रंगभेदमा परिणत गरे र त्यसलाई गलत व्याख्या गरे । जसको परिणाम मधेसमा आदिकालदेखि बसोवास गर्दै आएको समाज आज जातिवादमा परिणत भएको छ । हाम्रो समाज जातिवादमा परिणत हुनको लागि संयुक्त राष्ट्रसंघले भूमिका निर्वाह गरेको छ । राष्ट्रसंघले आफ्नो उत्पादन, उघोग, ज्ञान, विज्ञान, शिप र कलालाई प्रमुखता दिने तथा अरुको ज्ञान, शीप, कला, विज्ञान, संस्कृति, रहनसहन, भाषा, उत्पादनलाई निरुत्साहन गर्ने काम गरिरहेको छ । राष्ट्रसंघ विश्वको सामान्तीहरुको एउटा यस्तो संस्था हो, जुन आफूअनुकुल काम गर्छ । यसले नेपालमा जातिवाद भन्ने शब्दको जन्म दिएको छ ।

पिछडावर्गलाई प्रतिनिधित्व कि स्वामित्व ?
नेपालमा जन्मेको भगवान गौतम बुद्ध, राजा लिच्छविका वंशजहरु, माता सीतामा पुत्रहरु, गोपालवंशी राजाहरु, सेन वंशीय राजाहरुले बर्तमान नेपालको भूगोलमा लामो समयसम्म राज्य सञ्चालन गरेको इतिहास छ । नेपालको नक्शा निर्माण गर्ने, नेपालको पहिचान विश्वमा गराउने, नेपाललाई सुनको देश भनेर चिनाउने, नेपाललाई तपोभुमि भनेर चिनाउने, नेपाल जडीबुटीको देश भनेर खोज गराउने ती जातिहरुको वंशजहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र राजनैतिक अवस्था निकै कमजोर रहेका छन् । यो भूमिमा ती जातिहरु त्रेता युगदेखि बसोवास गरिरहेका छन् । ती जातिहरुले वर्तमान नेपालमा नेपालको संविधान अनुसार आफ्नो प्रतिनिधित्व खोजिरहेको छ । यो कस्तो विडम्बना हो हाम्रो देशको नेतृत्वको । जुन जातिहरुले यो राष्ट्र निर्माण गरे, आज ती जातिलाई प्रतिनिधित्व गर्न दिईरहेको छैन् । तर, पिछडावर्ग समुदायले आफनो राज्यमा प्रतिनिधित्व होइन, स्वामित्व माग गरिरहेको छ । त्यसैले, पिछडावर्गलाई प्रतिनिधित्व होइन, स्वामित्व चाहिन्छ । मधेशका सामन्तीहरुले राष्ट्र निर्माण गर्ने जातिहरुलाई प्रतिनिधित्व गराउने बहानामा समावेशीको नारा दिएर पिछडावर्ग समुदायलाई अपमान गरेको छ । पिछडावर्गलाई संबैधानिक पहिचान चाहिन्छ । त्यसको लागि संबिधानमा ती जातिहरु सूचिकृत हुनुपर्दछ । जब यी जातिहरु सुचिकृत हुन्छ, त्यसपछि राष्ट्रको असल नागरिकको दर्जा प्राप्त हुन्छ । त्यसपछि मात्र ती जातिहरुको स्वामित्व राज्यमा कायम हुन्छ । तसर्थ, पिछडावर्ग समुदायलाई स्वामित्व चाहिन्छ ।

स्वामित्व किन ?
नेपालको संबिधान अनुसार जाति सुचिकृत भएपछि पिछडावर्ग समुदायको हक अधिकार जल, जमिन र जंगलमा स्थापित हुनजान्छ । त्यसपछि राष्ट्र निर्माणमा पुनः यी जातिहरुले आफनो भूमिका हृदय खोलेर प्रस्तुत गर्नथाल्छ । पिछडावर्गमा पर्ने जातिहरुको नेपालीपनको पहिचान कायम हुन्छ ।

पिछडावर्गको पहिचान के हो ?
पिछडावर्गको पहिचान उनीहरुको भाषा, संस्कृति, संस्कार, रहनसहन, धर्म, राष्ट्र र वंश हो । यो वर्गले आफ्नो पहिचानको लागि काम गरिरहेको छ । साथै अरुको पहिचान कायम गराउनमा पनि मदत्त गरिरहेको छ ।

तराई मधेसमा जाति विभाजन
यसलाई विबेचना गर्ने हो भन्ने एक दमै लामो हुन्छ । तर, छोटकरीमा यहाँ केही कुरा उल्लेख गर्न चाहान्छु ।

मधेसमा तीन प्रकारको मान्छेको बसोवास ः
(१) तराई मधेसमा आदि कालदेखि बसोवास गर्दै आएको जातिहरु धर्तीपुत्र हुन् ः कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कानु, कलवार, तेली, नुनिया, बनिया, भेडिहर, माली, मल्लाह, बरैई, यादव, राजभर, राजधोव, रोनियार, लहेरा, लोध, सुडी, सैनी, सोनार, हलुवाई, हजाम, अमात, केवट, वर्णवाल, विन, बेलदार, बोट, बडै, कालाबाज, लखेरा, लहेरी, ठठेरी, कथबनिया, बढई, दलितवर्ग ः गन्धर्व, वादी, कलर, ककैहिया, कोरी, खटिक, खत्वे, चमार, चिडिमार, डोम, तत्म, दुसाध, धोवी, पथरकट्टा, पासी, बातर, मुसहर, मेस्तर, सरभङ्ग, थारु, दनुवार, धानुक, राजवंशी, गनगाई, सतार, ताजपुरीया, कुशवाडीया, माझी, मेचे, गनगाई ।

(२) पहाड–हिमालबाट तराई मधेस आएकाहरु ः पहाड र हिमाली क्षेत्रमा आदिकालदेखि बसोवास गर्दै आएको जातिहरु जागिर र रोजगार गर्ने उद्देश्यले मधेस आएको र पछि मधेसमा नै बसोवास गर्न थालेको बुझिन्छ । ती जातिहरुलाई तराईवासीहरुले पहडीया, पहाडी, पहरीया भनेका हुन् । यसलाई गाली भन्न सकिदैन ।

(३) भारत, चीन, बंगलादेश, भुटान, बर्मा, पाकिस्तान आदि देशबाट आएकाहरु ः यी देशहरुवाट आएका विदेशीहरुले आफ्नो धर्म, संस्कृति, भाषा, रहनसहन, जातिको आधारमा धुलमिल भएको र आफू ठूलो नेपाली हुँ भनेको पाइन्छ । सरकारी कर्मचारीलाई लोभलालच दिएर नेपाली नागरिकता लिएको यी विदेशीहरुले नै बेलाबेलामा आदिकालदेखि बसोवास गर्दै आएका जातिहरुबीच झगडा लगाउने, आन्दोलन गर्ने गराउने, द्वन्द्व सिर्जना गर्ने, बिभेद गर्ने गराउने काम गरिरहेको स्पष्ट छ ।

पिछडावर्ग र मधेशीबीच फरक ः
मधेशी बृहत शब्द हो । तराई मधेशमा बसोवास गर्ने सबै जात, जाति मधेशी हुन् । मधेशी शब्दको अर्थ भुगोलसँग सम्बन्ध रहेको छ । मधेशमा आदि कालदेखि स्थायी रुपमा बसोवास गर्दै आएको जातिहरुको आर्थिक, सांस्कृतिक, धार्मिक, राजनैतिक र सामाजिक अवस्था निक्कै कमजोर भएकोले ती जातिहरुलाई पिछडावर्ग भनिन्छ । तराई मधेशमा खस आर्य, जनजाति, दलित, मधेशका उच्च वर्ग र पिछडावर्ग सबैको बसोवास रहेको छ । छोटकरीमा भन्नुपर्दा सबै पिछडावर्ग मधेशी हुन् तर, सबै मधेशी पिछडावर्ग होईन् ।

मधेशी आयोग के हो ?
मधेशी आयोग मधेशको सामान्तीहरुको अखडा हो जहाँ गरिव, कमजोर, पिडित, पिछडावर्ग समुदायहरुको पहँच गुग्न सक्दैन । यस आयोगले मधेशका स्थायी जनताहरुलाई कहिले सुविधा वा फाइदा दिएन । तराई मधेशको जनसंख्या सबैभन्दा बढी पिछडावर्गको छ । तर, फाइदा अल्पसंख्यकले लिइरहेको छ । ती अल्पसंख्यकहरुले पिछडावर्गमा पर्ने जातिहरुको भाषा, संस्कृति, रहनसहन समाप्त गरिरहेको छ । मधेशी आयोग धोका हो । मधेशी आयोगको नाममा दिई रहेको आरक्षणले समाजलाई असन्तुलन निर्माण गरिरहेको छ । समातामुलक समाजको निर्माण गर्न पिछडावर्गको आरक्षण आजको आवश्यकता हो । मधेशी आयोगको काम कारवाही हेर्दा मधेशी शव्दले विभाजनको विजारोपण गरिरहेको छ । यसलाई तत्काल हटाउन जरुरी रहेको छ ।

मधेशी महिला र पिछडावर्ग महिलाबीच फरक ः
मधेशी महिलाको नाममा तराई मधेशका ब्राहमण, कायस्त, राजपुत, भुमिहार, देब, मारवाडी समुदायको महिलाहरुले प्रत्यक्ष फाइदा लिइरहेका छन् । जबकि उनीहरुलाई आरक्षणको आवश्यता नै छैन । यी जातिहरुको महिला र पुरुष दुवै जना राजनीति गर्ने, राजनीतिक पद लिने, सरकारी रोजगार गर्ने, निजी क्षेत्रमा पनि उनीहरु राजनैतिक आडमा नेतृत्व र व्यवसाय गर्दछन् । त्यसैले, पिछडावर्गको महिलाहरुले मौका नै पाउदैनन् । तसर्थ, पिछडावर्ग महिलाको छुट्टै आरक्षण हुनुपर्छ । पिछडावर्ग महिलालाई मधेशी महिलाभित्र समाबेश गर्नुहुदैन । पिछडावर्ग महिलालाई राजनीतिक आरक्षण र लोकसेवा आरक्षण तत्काल दिनुपर्ने देखिन्छ ।

महिला आयोग ः
राष्ट्र निर्माणको हकमा महिला आयोगले समतामुलक समाजको नेतृत्व गर्न सकिरहेको छैन । महिला आयोगको काम, कर्तव्य र अधिकार सबै महिलाहरुको हकमा काम गर्ने कुरा उल्लेख भएपनि एउटा निश्चित जाति समुदायको हकमा मात्र काम गरिरहेको देखिन्छ । जबसम्म पिछडावर्गको महिलाहरु आरक्षण दिईदैन, तबसम्म नेपाल राष्ट्र सम्पन्न हुन सक्दैन । सुखी नेपाली समृद्ध नेपालको भावना पुरा हुन सक्दैन । त्यसैले, महिला आयोगमा निश्चित मापदण्ड बनाएर काम गर्नुपर्ने अवस्था रहेको छ ।

पिछडावर्ग(इद्यऋ) के हो ?
आदि अनादी कालदेखि नेपालको भुगोलमा बसोवास गर्दै आएको भएपनि राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक, प्रशासनिक आदि क्षेत्रमा पहुँच नपुगेको तर केही निश्चित, उपयोगी फरकफरक पेशा बोकेका जातिहरु आदिवासी जनजाति, दलित, खस आर्य, उच्चवर्गमा नपरेको जातिहरुलाई पिछडावर्ग भनिन्छ । यी जातिहरुको आफ्नै भाषा, पहिरण, रहनसहन, संस्कार, संस्कृति, रितिरिवाज रहेको छ । पिछडावर्गमा पर्ने जातिहरुको मानव विकास सुचांक अति नै न्युन रहेको छ । यस वर्गमा पर्ने जातिहरुको आ–आफ्नै पेशाहरु रहेका छन् । त्यसैले यी जातिहरुलाई पेशाकर्मी पनि भनिन्छ । इद्यऋ भनेको इत्ज्भ्च् द्यब्ऋप्ध्ब्च्म् ऋीब्क्क्रऋइःःग्ल्क्ष्त्थ् हो । पिछडावर्गलाई छोटकरीमा ओ.वि.सि. भन्नुको मतलव पछाडी पारिएको त्यो जातिहरु जो खस आर्य, दलित र आदिवासी जनजाति हुन सकेन ।

पिछडावर्ग आयोग नै किन ?
नेपालको तराई मधेस क्षेत्रमा आदि कालदेखि बसोवास गर्दै आएको जातिहरुको आफ्नै पेशा रहेको छ । ती पेशा गरेर जीविकोर्पाजन मात्र नगरी राज्यलाई पनि समृद्ध बनाईरहेका छन् । राज्यले माथि उल्लेख गरिएको समस्याहरुलाई गहिरिएर अध्ययन गर्नुपर्ने देखिन्छ । त्यसको लागि नेपाल सरकारले पिछडावर्ग आयोग गठन गर्नुपर्छ । आयोगले समाजको वास्ताविक समस्याको अध्ययन गरी निकास निकाल्न सक्छ ।
mबजबतयवबथबउचबपबकजज्ञ२नmबष्।िअयm

मङ्गलबार, १६ मंसिर, २०७७

प्रतिक्रिया

  1. धेरै राम्रो मधेसी दलित भन्दा पिछडावर्ग लाई तल राखनु भएको छ त्यो भएन सब भन्दा पिछडिएकाे त मधेसी दलित छ।

प्रतिक्रिया:

सम्बन्धित खवर