विरेन्द्र बिष्ट
२१ सेप्टेम्बर, आज अन्तर्राष्ट्रिय अल्जाइमर्स रोग दिवस हो । सन् १९९४, २१ सेप्टेम्बरका दिन स्कर्टल्याण्डको राजधानी इडीनबर्जमा अन्तर्राष्ट्रिय अल्जाइमर्स रोगको १० औं बार्षिक सम्मेलनदेखि अन्तर्राष्ट्रि«य अल्जाइमर्स रोग दिवस मनाउन सुरु भएको हो । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वभरिका जनतासामु रोगबारे जनचेतना फैलाउनु हो । अल्जाइमर्स रोगलाई बिर्सने रोग पनि भनिन्छ । यस रोगलाइलिएर बलिउड र हलिउडमा विभिन्न फिल्महरु पनि बनेका छन् । जस्तैः सन् २००५ मा अमिताभ बच्चनको मुख्य भूमिका रहेको ब्ल्याक, युमिमीओर हम, जस्ता फिल्महरु बनेका छन् भने हलिउडमा सन् २००६ मा अवे फ्रम हर, सन् २००१ मा आईरिस आदि जस्ता फिल्महरु बनेका छन् । यस्ता फिल्महरुबाट अल्जाइमर्स रोग सम्बन्धी असरबारे बुझ्न सकिन्छ । बिर्सने रोगलाई अल्जाइमर्स यस कारणले राखेको थियो कि एउटा वैज्ञानिक र एउटा प्याथोलोजिष्ट मिलेर रोगको ब्याख्या गर्दा एल्लोईस अल्जाइमर्स थियो । सन् १९०६ मा यस रोगसम्बन्धी लेख ब्याख्या गरियो र त्यसदेखि अल्जाइमर्स रोग राखियो ।
बढ्दो उमेरसँगै जेष्ठ नागरिकहरुमा विभिन्न रोगहरु देखा पर्नसक्छन् । ती रोगहरुमध्ये अल्जाइमर्स पनि एक हो । सन् २०१५ मा विश्वभरिमा करिब ३० लाख मानिसहरु यस रोगको शिकार भएका थिए । शिकार हुनेमा प्रायः ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिहरु थिए । बृद्धमा मात्र नभई कहिलेकाहीँ कम उमेर भएका व्यक्तिहरुमा पनि यो देखिने गरेको छ । नेपालमा विगत केही समयदेखि यो रोगका विरामीहरु बढिरहेका छन् । केही तथ्याङ्क अनुसार नेपालमा लगभग ८० हजार मानिसहरु यस रोगबाट पीडित छन् । यस रोगको सुरुआती लक्षण भनेको भर्खरै सुनेका गरेका कुराहरु बिर्सने र पुराना कुराहरु सम्झने हो । भर्खरका कुराहरु बिर्सनु नै रोग लाग्नुको संकेत हो । जब यो रोग बलियो बन्दै, बल्झँदै जान्छ पछि गएर नानाथरिका समस्याहरु देखा पर्छन् । जस्तैः बिरामीले आफ्नो घरबार बिर्सने, आफन्तहरु बिर्सने, आफूले सिकेको शिपहरु, क्षमताहरु बिर्सने, जस्ता समस्याहरु देखा पर्छन् । केही समयअघि नेपालमा यस रोगको लागि उपचारका लागि सम्भब थिएन । झट्ट हेर्दा विदेशी नामजस्तो सुनिने यस्तो रोग नि नेपालमा हुन्छ के जस्तो लाग्थ्यो । तर, यो रोगका बिरामीहरु बिस्तारै बाहिर आउनथाले । लक्षण खुल्नथाले र बिरामीका आफन्तले पनि यो रोग छुट्टै एउटा रोग हो र यसको पनि छुट्टै निदान र उपचार छ भन्नेर बुझ्न थाले ।
अल्जाइमर्स एउटा न्युरोजेनेरेटिभ विकार हो । यसको मतलब अज्जाइमर्स भएका बिरामीहरुमा न्युरोन हराएर जानु हो । न्युरोनहरु हाम्रो मस्तिष्कमा सयौं करोडको संख्यामा हुन्छन् । मस्तिष्कमा रहेको स–साना नसाहरु एक आपसमा जोडिएका हुन्छन् र त्यसको काम शरीरको संदेशहरु म्स्तिष्कमा लैजानु हो । एउटा न्युरोनले अर्को न्युरोनमा, अर्को न्युरोनले अर्को न्युरनमा गरी यसरी संदेश पु¥याउने काम गरिरहेको हुन्छ । यसरी नै मस्तिष्कबाट पनि शरीरमा पनि सन्देश पुप्याउने काम गरिरहेको हुन्छ । यसबाट के थाहा हुन्छ भने हाम्रो शरीरमा न्युरोनले सन्देश पठाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । एउटा स्वास्थ्य व्यक्ति र रोगी व्यक्तिको मस्तिष्क हेर्ने हो भने धेरै भिन्नता देखिन्छ । अल्जाइमर्स रोगबाट ग्रसित मानिसको मस्तिष्कमा न्युरोनको संख्या कम मात्रामा पाइन्छ, मस्तिष्क खुम्चिएको देखिन्छ, मस्तिष्कको हाइपोथेलामस् भन्ने भाग कम भइदिन्छ र वेंट्रिकल भन्ने भाग ठूलो भइदिन्छ । यो रोग किन लागिरहेको छ भनेर स्पष्ट रुपले पत्ता लागेको छैन । वैज्ञानिक अनुसन्धान अनुसार यो रोग ज्यादातर आनुवांशिक पनि हो । यो भनेको आमाबुवा, बाजेबजैबाट तिनीहरुको रोग सन्तानहरुमा सर्नु हो । मानसिक चिन्ताका कारण पनि यो रोग हुने गरेकोे छ । बढि टाउको दुखाइको कारण, अनि वायुप्रदूषण र धुमपानको कारणले अल्जाइमर्स रोगी बढिरहेका छन् ।
नेपालमा जेष्ठ नागरिक विशेषज्ञलगायत मानसिक रोग विशेषज्ञ र नियुरोलोजिष्टहरुले सोही समयमा निदान र उपचार गर्नमा लागिराखेका छन् । यस रोगको उपचार गर्न केही ठूलो पद्दति पनि अपनाउन जरुरी छैन । केही औषधीहरु छन्, जसले केही हदसम्म निको पार्नसक्छ । बुझ्न पर्न कुरा के छ भने यस रोगलाई पूर्ण रुपले निको पार्न सकिँदैन । यसको औषधीले के काम गर्छ भने जुन किसिमले यो रोग बृद्ध अवस्थामा बढिरहको हुन्छ, त्यसलाई कम गर्न काम गर्छ । यदि यस रोगको सही समयमा उपचार गर्न सकिएन भने विरामीहरुको ३÷४ वर्षमा नै मृत्यु पनि हुने गर्छ । सही समयमा प्रभावकारी औषधी दिएर उपचार गरेर वा यदि घरमा सकिन्न भने केयर होममा लगेर उपचार ग¥यो भने १० देखि १५ बर्षसम्म बाँचेका हाम्रो समाजमा उदाहरण पनि छन् । त्यसैले हामी सबैले यस रोगबारे सचेत हुनुपर्छ र जेष्ठ नागरिकहरुलाई बचाउन तयार हुनुपर्छ ।
(लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका शोधकर्ता हुन्)
bistbirendra05@gmail.com