भोला लम्साल
भन्ने गरिन्छ, हाम्रा संस्कृति, मौलिक परम्परा, संस्कारले हामी नेपालीबीचको एकतालाई अझ प्रगाढ तुल्याएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाउने तीज जतिजति नजिकिँदैछ उतिउति चेलीबेटीहरुको प्रतिक्षाको घडीको बाँध फुट्न लागेको छ । हरितालिका तीज पर्व नेपालमा मात्र नभएर भारतवर्षको विभिन्न स्थानहरुमा मनाइन्छ । तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक सांस्कृतिक, अध्यात्मिक एवं तात्विक महत्व रहेको छ । त्यसो त हाम्रा अधिक चाडहरु यिनै धार्मिक सहिष्णुता, एकता र मेलमिलापले हाम्रा संस्कारहरुले निरन्तरता दिई चेली माइतीको सम्बन्धलाई रसीलो कसीलो भरीलो विश्वासीलो बनाएको छ ।
तीज पर्वले माइतीको आगमनको पर्खाइमा आशाका द्वीप जलाई माइती भाइ आउने दिनहरु गन्दै बाटोभरी आँखा बिच्छ्याई पर्खिबसेकी हाम्रा चेलीहरु दुःखसुखलाई बिर्सिएर मातृप्रेमको न्यानो काखमा हराउन चाहन्छिन्, रमाउन चाहन्छिन् । हो यही पर्व हरितालिका तीज विशेष महिलाहरुको चार्ड रातो साडी, रातो चुरा, हरियो पोते, सिउँदोमा सिन्दुर लगायतका ऋङ्गारले सजिएर उभन्दा म राम्री, म भन्दा उ राम्री जस्तो देखिने गरी सजिसजाउ भएर मनाउने हरितालिका तीजको आध्यात्मिक दृष्टिकोणबाट यो पर्वलाई बुझ्ने र मान्ने गरिन्छ ।
तीजको महिमा ठूलो छ । श्रद्धापूर्वक श्रद्धालुहरु ब्रतबस्ने शिवपार्वतीको आरधना एबं पूजा गर्ने । शिव पार्वतीको मठमन्दिरहरुमा दर्शन, साथीसंगीनसँग भेट र मेलमिलापसँगै नाचगान गर्दै आफ्ना पतिको दीर्घायु र सुख शान्तिको कामना सहित तीजको ब्रत बस्ने गर्दछन् ।
धार्मिक किम्बदन्ति अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनी पहिलो ब्रत बसेको यो दिन यही हरितालिका तीजको दिन थियो भन्ने ग्रन्थहरुमा भेटिन्छ । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउदै आएको मान्न्छि । तीज पर्वले आफैंमा ऐतिहासिक महत्व बोकेको पाइन्छ । शिव पीठहरुमा गई फुलपाति चढाई पूर्ण भक्तिभावका साथ पूजा अर्चनाको साथसाथै मिठामिठा परिकारहरुको दरखाई भोलिपल्ट निराहार ब्रत बस्ने गरिन्छ । तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ ।
नेपाली हन्दिु महिलाद्वारा स्वतन्त्र र आनन्खमय रुपमा मनाउने तीज अन्य धर्म र जातजातिका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । धर्म, संस्कृति, परम्परा, संस्कारले विविधता बीचको एकता, अक्षुंण राख्ने हुँदा तीज पर्वले परम्वरालाई जीवन्तता प्रदान गरेको देखिन्छ । तीज पर्व हिन्दु महिलाहरुको उत्साहजनक सहभागिता रहने चाडका रुपमा लिने गरिन्छ । हाम्रा चेलीहरु आफ्नो जन्मथलो छाडी मातृप्रेमको वियोगमा अर्थात् बिछोडको पीडालाई मुटुभित्र गाँठोपारी कर्मथलो तर्फ आफुलाई समर्पण गर्नु विकल्प पनि त छैन । आफ्नो सुन्दर भविष्यको परिकल्पनामा पराई हातको सिन्दुर सिउँदोमा लगाई घुम्टो ओढी डोली चढी गएपनि आखिर त्यही डाँडापाखा, पखेरी साथींिगनीको सम्झना र माया मुटुमा गाँठो पारी आँखाभरी आसु छचल्काउँदै जन्मथलो छाड्नुको पीडा ती चेलीहरुलाई मात्र थाहा छ , ताकी चेली माइतीको सम्बन्ध कति गहिरो निश्चल छ भनेर ।
तीज पर्व जसले चेल माइतीको सम्बन्धलाई न्यानो र फराकिलो सुमधुर बनाइदिएको छ । तीज पर्वमा चेलीहरु हातमा कोसेलीको झोला बोकी निधारभरी पसिना टल्काउँदै माइती घरतर्फ आफ्नो यात्रा अगाडि बढाउन पाउँदा हर्षका आसु झर्दछन् । केही दिनका लागि मा भएपनि जन्मथलो जन्मघर जान पाउँदा आफुलाई सौभाग्यवती ठान्ने नेपाली चेलीहरु बर्तमान र भविष्यलाई स्मरण गर्दै दुःखसुखका कथा व्यथा एक आपसमा साटासाट गर्न पाउँदा हर्षित हुने गर्दछन् । जीवनको लामो भोगाई संघर्षरुपी यात्रामा छोरी चेलीहरुले अनेकौं आरोह अवरोहसँग मितेरी गाँस्दै दुःखपीडालाई छातिभित्र लुकाएर घरपरिवारलाई सुख बाड्न चाहन्छिन् । दुखेको मुटु, जलेको छाटि त्यहीपनि परिवारसँग हाँो र खुसी साट्न चाहन्छिन् । चेलीहरु तीजको भाकासँगै आफ्ना वेदनाहरु भुल्दै छमछमी नृत्य गरेको देख्दा साँच्चै नारीहरु कति महान बिचार बोकेर फराकिलो छाती फिजाई दुःखसुखलाई सहर्ष गर्भमा लुकाई ओठखोली मुस्कुराउन सक्छन् भन्ने वास्तविकतालाई सबैका सामु उजागर गरी दिन्छन् । नेपाली चेलीहरुले देखाएको त्याग र बलिदान, मातृप्रेमप्ति देखाएका सद्भाव समर्पण, हामी पुरुष वर्गले गौरव गर्न सिक्नु पर्छ ।
हामी एकाईसौं शताब्दी, अनि प्रविधि विकासप्रति बहस र छलफल गरिरहँदा विश्व ब्रम्हाण्डको गतिशिलतालाई नजिकबाट नियाल्ने हो भने, महिला परिभाषाको अर्थ खोज्न थुप्रै शब्दार्थको पुस्तक पल्टाउनु पर्ने हुन्छ । आज स्त्रीजातिको दिव्य शक्ति हिम्मत, सहनशिलता धैर्यताका कारण धर्ती पवित्र र सुन्दर जीवनगाथा बोकेको पाइन्छ । ममताकी खानी जन्मजननी सहस्त्र उपनामले सजिएकी स्त्री जातिको जतिसुकै त्याग बलिदानका शव्द खर्च गरेपनि अधुरै अपुरै रहन्छ । आफ्नो जन्मघर आफ्नो मातृकाखलाई चटक्कै बिर्सिएर पराईको आगनमा रमाउनु पर्ने वाध्यताका बावजुद पनि पराईका काख भन्दा माइतीको गाली प्यारो लाग्छ । रगतको नाता अजम्बरी जस्तो लाग्छ । मनको पडिा बिसाउन शितल छहारी जस्तो लाग्छ, माइती घर ।
नारीको कोमलताको प्रतिक हुन, जसलाई सम्मान र मायाले भिजाउन सक्नु पर्दछ । यो ऐतिहासिक महत्व र विशेषता बोकेको नारी पर्व तीजले छोरीको पीडा र वेदनालाई माइती घरसम्म जोड्ने पुलको रुपमा काम गर्न सकोस् । सांस्कृतिक परम्परा समाजको र राष्ट्रको मेरुदण्ड हो । त्यसभित्र विकृति बिसंगति भित्रिनु हुँदैन र दिनु हुँदैन । संस्कृतिको माध्यमबाट समाजको मार्ग चित्रण गर्न सकिन्छ । तीज पर्व नारी पर्व हो ।
आजभोलि सामाजिक संस्कार भित्र विकृति मौलाएको देख्न सकिन्छ । भड्किलो र खर्चिलो प्रवृत्तिले तीजको मौलिकता विशेषता माथि गहिरो प्रहार मात्र गरेको छैन, अनेकौं कुरीतिहरु जन्मेका छन्, भित्रिएका छन् । त्यसलाई सकारात्मक ढंगबाट समाजले ग्रहण गर्न सक्दैन । जहाँ संस्कार र सांस्कृतिक मान्यता माथि कुसंस्कार भित्रिन्छ त्यहाँ सामाजिक मूल्य मान्यताको भावना, मर्म भित्र गहिरो क्षति हुन्छ । र त्यसको संवेदनशिलताको खिल्ली उढाउँछ, चोट पुग्छ । त्यसकारण तीज पर्वलाई परम्परा, संस्कृतिका रुपबाट बुझौं र मनाऔं । देखासिखीबाट होइन तीजको मर्म र गहिराईमा पुग्ने कोशिस गरौं । यतिखेर देश कोभिड १९ कोरोना भाइरसका कारण लकडाउनको विषम् परिस्थितिबाट गुज्रिदै गर्दा साहस, धैर्यता, उच्च मनोवलका साथ तपाई हामी कोभिड १९ सँग लड्दै यो वर्षको जीत चेली माइतीको दुरी फराकिलो बनाउँदै मनाउनु पर्ने देखिन्छ । आफु पनि बाँचौं अरुलाई पनि बचाऔं भन्ने मुल सन्देशका साथ आ–आफ्नो घरमा बसी यो वर्षको तीजलाई घरपरिवार भित्र सिमित राख्दै मनाउन जरुरी भन्दै, चेली माइतीको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउँदै, युगयुगसम्म बाँचिरहोस् सबै नेपाली चेली, छोरीहरुमा तीज पर्वको हार्दिक शुभकामना । विराटगनर–४