नरेन्द्र बस्नेत
माक्र्सवादले कार्ल मार्क्सको विचार पद्दतिलाई जनाउछ । यसले कार्ल मार्क्सको विचारहरुको समष्टिगत सारलाई जनाउछ । उक्त विचार पद्दतिको प्रतिपादकहरु माक्र्स र एन्जेल्स दुबै भएतापनि, त्यसको नामाकरण माक्र्सको नामबाट माक्र्सवाद हुन गएको हो । माक्र्सवादी विश्व दृष्टिकोणको निर्माणमा मार्क्सको भूमिका निर्णयक रहेको थियो । त्यसैले सो नाम रहनुलाई एन्जेल्सले उचित ठानी महानता देखाएका थिए । एन्जेल्सकै सहमतिमा सो बिचार पद्दतिलाई माक्र्सवाद नामाकरण गरिएको थियो । मार्क्सवादबाट एन्जेल्सको योगदानहरुलाई निकालिदिने हो भने, त्यो बिल्कुल अपुरो र अधुरो हुनेछ । माक्र्सवादको उत्पति र विकासमा एन्जेल्सका महत्वपूर्ण योगदानहरु रहेका छन् । भ्लादिमिर इलियच लेनिनको नाम माक्र्सवादको पुरकको रुपमा रहेको छ । लेलिनवादविना माक्र्सवादको गति अबरुद्ध हुन पुग्दछ । लेलिनवादलाई माक्र्सवादकै विकसित व्याख्याको रुपमा मानिन्छ । माक्र्सवाद र लेलिनवाद भन्ने दुईवटा शव्दहरुले माक्र्सवादको उद्भाव र विकासलाई जनाउछ ।
माक्र्सवादको विकास शुन्यबाट भएको होइन, बरु उपरोक्त ज्ञानका क्षेत्रहरु पहिलेको विकासद्वारा प्राप्त उपलव्धीहरुलाई आत्मासाथ र नयाँ आधारमा तीनको विकास गरी त्यसको उत्पत्ति भएको हो । माक्र्सवादी विचारधाराका तीनवटा स्रोतहरु रहेका छन् । दर्शनको क्षेत्रमा जर्मन शास्त्रीय दर्शन, आर्थिक सिद्धान्तको क्षेत्रमा शास्त्रीय पूँजीवादी राजनीतिक अर्थशास्त्र र समाजवादको क्षेत्रमा १९औं सताव्दको काल्पनिक समाजवाद माक्र्सवादी विचारधाराका प्रमुख स्रोतहरु हुन् । यसरी दर्शन, अर्थशास्त्र र समाजवाद माक्र्सवादका तीन प्रमुख घटक तथा अभिन्न अङ्ग हुन् । तीमध्ये कुनैपनि एउटा घटक माक्र्सवाद होइन र रहदैन । अर्थात अर्को शव्दमा माक्र्सवाद मात्र दर्शन होइन, मात्र आर्थिक सिद्धान्त होइन र मात्र बैज्ञानिक समाजवाद होइन । माक्र्सवाद ती सबैको एकताबद्ध रुप हो, एउटा सिंगो मेल हो । दर्शन, अर्थशास्त्र र बैज्ञानिक समाजवादका सिद्धान्तहरुबाट बनेको सिङ्गो एकतामा माक्र्सवादको शक्ति, जिवन्तता र सत्य गाँसिएको छ । माक्र्स र एन्जेल्सद्वारा प्रतिपादित द्वन्दात्मक भौतिकवाद माक्र्सवादी सिद्धान्तको दार्शनिक आधार हो भने तिनीहरुको आर्थिक सिद्धान्त त्यसको आर्थिक आधार हो । बैज्ञानिक समाजवादका सिद्धान्त दार्शनिक तथा आर्थिक आधारहरुमा उभिएको छ । उक्त आधार पाएर नै समाजवादी सिद्धान्त एउटा बिज्ञानमा फेरिएको छ । उपरोक्त तीन सिद्धान्तहरुको आन्तरिक, ठोस एकताबाट बनेको एउटा एकीकृत, सिंङ्गो, सुसंगत तथा बैज्ञानिक विश्व दृष्टिकोण हो, मार्क्सवाद ।
सन् १८४८मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट घोषाणापत्रमार्फत माक्र्सवादको प्रतिवादन गर्नुभयो । त्यसपछि माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्नपुग्यो । विश्व सर्वहारा श्रमजीवीवर्गले माक्र्सवादभित्र आफ्नो वर्गको मुक्तिको अचुक बौद्धिक हतियार भेट्टायो । सर्वहारा श्रमजिवीवर्गको मुक्तिको सैद्धान्तिक, बैचारिक रुपमा मार्गदर्शन गर्ने माक्र्सवाद–लेलिनवाद बाहेक अर्को कुनै बैज्ञानिक एवं क्रान्तिकारी सिद्धान्त छैन । माक्र्सवाद एक बैज्ञानिक दर्शन, राजनीतिक अर्थशास्त्र र समाज विज्ञान हो । यसले जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढंगले हेर्ने, बुझ्ने र ब्याख्या गर्ने तथा संसारको परिवर्तनको नियमको बाटो देखाउने काम गर्ने भएकोले यो सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सिद्धान्त बन्नपुग्यो । माक्र्सवाद जीवन र जगतको अध्ययन गर्ने एक बैज्ञानिक पद्दति भएकोले यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालकका आम नियमहरको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थ रुपमा बुझ्ने, बुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरिकाहरुको बोध गराउने काम गर्ने भएकोले यसलाई द्वन्द्ववादी पद्दति भनिन्छ ।
माक्र्सवाद एक व्यवहारिक बिज्ञान हो । माक्र्सवादको आधार भनेको समाज र व्यक्तिको अस्तित्वको लागि आवश्यक भौतिक वस्तुहरुको उत्पादन हो । विभिन्न कालखण्डहरुमा समाजका रुपहरु बदलिन्छन् । तर, उत्पादन कुनै पनि समाजको अस्तित्वको लागि पहिलो तथा मूल पूर्वाधार हो भन्ने कुरा माक्र्सवादले सैद्धान्तिक रुपले पुष्टि गरेको छ । माक्र्सवादले एउटा सामाजिक अवस्थाको ठाउँ अर्को समाज व्यवस्थाले लिने क्रममा समाजको द्वन्द्वात्मक नियमहरुको पुष्टि गर्दछ । यी नियमहरु बस्तुगत हुने भएकोले ती मानिसको ईच्छामा निर्भर हुदैनन् । तर, यी नियमहरुलाई उपयोग गर्न भने मानिसले सिक्नै पर्दछ ।
माक्र्सवाद मानवीय बिज्ञान पनि हो । किनभने यसले सबै जनतालाई शोषण र उत्पीडनका बिरुद्ध सामाजिक न्यायको बिजयका निम्ति राष्ट्र–राष्ट्रबीच मैत्रीभावको लागि सम्बोधन गर्दछ । माक्र्सवादको अध्ययन गर्नु र यसलाई व्यवहारमा लागू गर्न जान्नु, जनताको सुखको बारेमा सोच्न चाहने हरेक प्रगतिशिल व्यक्तिको परम कर्तव्य हो । बिज्ञानको सत्यको ज्ञानले मात्र मानिसलाई गलत मूल्याङ्कन गर्न मात्र होइन, सबैभन्दा महत्वपूर्ण कुरा यसले आफ्नो ज्ञानलाई व्यवहारमा लागू गर्न सिकाउँछ । माक्र्सवाद मानिसका व्यवहारिक क्रियकलापसित सम्बन्धित छ । मानिसको दैनिक जीवनले यो तथ्य स्पष्ट पारेको छ कि वस्तु र परिघटनाहरु मानव चेतनाबाट स्वतन्त्र हुन्छन् । विश्वभरका बहुसंख्याक मानिसलाई दर्शनशास्त्रको कुनै ज्ञान नभएपनि यथार्थमा भौतिकवादी दृष्टिकोणद्वारा उसलाई निर्देशित गरेको हुन्छ भन्ने कुरा माक्र्सवादले पृष्टि गरेको छ ।
माक्र्सवाद आजको युगको सबैभन्दा उन्नत बिज्ञानसँग सम्बन्धित दर्शन हो । बिज्ञान सजिव प्रकृतिबाट उत्पन्न भयो, जीवनको उत्पत्ति हुन अर्बौ वर्ष लाग्यो र त्यसपछि मात्र स्वयंलाई र प्रकृतिलाई बुझ्न सक्षम प्राणी अर्थात मानिसको उत्पत्ति भयो भन्ने कुरा माक्र्सवादले प्रमाणित गरिदिएको छ । भौतिकवादले दर्शनका तथ्य र प्रमाणहरुको आधारमा के टुङ्गोमा पुग्न सकिन्छ भने माक्र्सवाद प्रगतिशिल दृष्टिकोण हो । माक्र्सवाद प्रगतिशिलतामा आधारित द्वन्द्वात्मक भौतिकवादी दर्शनसमेत भएकोले माक्र्सवादलाई जीवन दर्शनका रुपमा ग्रहण गरेर मात्र मानिस प्रगतिशिल हुन्छ । प्रगतिशिल व्यक्तिहरुले सही रुपमा सोचेर मात्र हुदैन, उसले आफ्नो बिचारहरुलाई व्यवहारमा लागु गर्नु पर्दछ । सुन्दर भन्दा सुन्दर बीचारहरु कार्यमा परिणत गरिएन भने त्यो निरर्थक सावित हुन्छ । मानिसले सहि विश्व दृष्टिकोण अपनाएर बिचारहरुलाई लागु गर्न दृढ भएमा मात्र उसले आफ्ना आदर्शहरुका निम्ति प्रभावकारी रुपमा बुझ्न सक्छ र व्यवहारमा उतारन सक्षम बन्दछ ।
माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिवादी विश्व दृष्टिकोणमा आधारित छ । मानिसको वरिपरिको संसार, यस संसारको विकासका नियमहरु, यी नियमहरुको जानकारी गराउने तरिकाहरुको सुसंंगठित दृष्टिकोणहरुको प्रणालिलाई नै माक्र्सवादी दर्शन भनिन्छ । माक्र्सवादी दर्शनले मानिसमा संसारका बारेमा व्यापक र उचित दृष्टिकोण राख्न सिकाउने, यसले अति सुक्ष्ममा पनि विशाल कुरा देख्न सिकाउने, यस चिन्तन प्रक्रियाको विकासमा मानव चिन्तनलाई बढि लचिलो र तिक्ष्ण बनाउने साथै यसले गतिशुन्यता र रुढिवादप्रति असहिष्णु बन्न सिकाउने र मानिसमा नयाँ मूल्य, मान्यता र भावनाको जागृत गराउने भएकोले माक्र्सवादी दर्शनको व्यवहारिक महत्व व्यापक बन्न पुगेको छ । विश्वको क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेका सर्वहारा श्रमजीवी वर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक न्यायोचितता, आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा सर्वहारा श्रमजिवीवर्गले खासमा संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक अस्त्र भएको छ भन्दा अतिशयोक्ति नहोला ।
जसले संसारलाई फेर्न चाहन्छ, त्यसले फेर्ने बैज्ञानिक तरिका र पद्दतिलाई जान्नुपर्दछ । नयाँ यर्थाथताको निर्माण गरेर नयाँ संसार निर्माण गर्न चाहन्छ, उनीहरुले संसारलाई यथार्थ धरातलमा उभिएर बुझ्नुपर्दछ । यही सामथ्र्य, यही ज्ञान माक्र्सवादी दर्शनले मात्र उनीहरुलाई दिन्छ । कम्युनिष्टहरुले माक्र्सवाद–लेलिनवादलाई आफ्नो विश्व दृष्टिकोण बनाएका हुन्छन् र उनीहरुले माक्र्सवाद–लेलिनवादलाई आफ्नो जीवनदर्शन जीवन पद्दतिको रुपमा ग्रहण गरेका हुन्छन् । माक्र्सवादी–लेलिनवादीहरु वास्तवमा यथार्थतासित र यथार्थलाई फेर्ने संघर्षमा लाग्ने मान्छे हुन् । उनीहरुका लागि जीवन कठिन संघर्षको एउटा क्षेत्र बनेको हुन्छ । यस्तो क्षेत्र जहाँ विपन्न र सम्पन्नहरुका बीचमा, शोषित र शोषकहरुबीचमा, थिचिने र थिचाहाहरुबीचमा सधै संघर्ष जारी रहन्छ । हाम्रो वर्तमान समाज पनि यस परिस्थितिबाट मुक्त छैन । वर्तमान यथार्थलाई फेर्नका लागि कुन कुरा अतिआवश्यक छ भने एउटा क्रान्तिकारी कम्युनिष्टले त्यसलाई सही ढंगले बुझ्न त्यसलाई फेर्न संघर्षका अवस्थाहरुबारे र सफलताका लागि अपनाउनुपर्ने बाटोबारे स्पष्ट जानकारी राख्न सक्नुपर्दछ । संसारका बहुसंख्याक जनतालाई थाहा छ, माक्र्सवादी–लेलिनवादी सिद्धान्त संसारलाई बुझ्न र फेर्नका लागि एउटा अपरिहार्य साधन हो । यस दृष्टिकोणले मात्र उसलाई आफ्नो व्यवहारिक, राजनीतिक तथा सामाजिक क्रियाकलापमा महत्वपूर्ण सहयोग पु¥याउछ । जुन परिस्थितिमा आवद्ध भएर काम गरिन्छ, सो परिस्थितिलाई ठिकसित र राम्ररी बुझने, भविष्यका सम्भावनाहरुलाई ठिक ढंगले देख्ने, बुझ्ने र विश्लेषण गर्ने र सहि ढंगबाट संंगठित रुपमा सञ्चालित गर्ने आदि काममा माक्र्सवादी–लेलिनवादी विश्व दृष्टिकोणले ठूलो मद्दत गर्दछ ।