खगेन्द्र सुवेदी
लिम्पियाधुरा र कालापानी काण्डबाट चिसिएको नेपाल–भारत सम्बन्ध पछिल्लो समय आएर झन खराब भएको छ । नयाँ नक्सापछि भारतीय सञ्चारमाध्यमहरु नेपाल सरकार र नेपाली नेतामाथि खनिएका छन् । यहिबेला नेपाल सरकारका प्रधानमन्त्रीले भगवान रामको जन्म भारतको अयोध्या होइनm नेपालको ठोरीमा भएको दावी गरेपछि नेपाल–भारतको सम्बन्ध झनै बिग्रियो । ओलीको हचुवामा आएको आभिब्यक्तिको धेरैले विरोध गरे । ओलीको बिरोधमा विभिन्न हिन्दु सङ्गठन खुलेर अगाडि आए । यो विवाद जनस्तरसम्म देखियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्बाचन क्षेत्र बनारसमा एक नेपाली भनिएको ब्यक्तिको कपाल मुण्डन गरेर टाउकोमा जय श्री राम लेखेर हिन्दुस्थान जिन्दाबाद र नेपालको प्रधानमन्त्री मुर्दाबाद नारा लगाउन लगाएर भिडियो खिचेर सार्बजानिक गर्न सम्म भ्याए १ यो एक दम गलत हो भारतीयहरु हर कुरामा अतिबादमा फस्छन भन्ने कुरा यो घटना बाट सिध्द हुन्छ १ राष्ट्रीय राजनीतिमा जे भए पनि नेपाली जनता ले कसैलाई केहि गरेको छैनन १राष्ट्रीयताको सबालमा सबै आक्रमक हुन्छन कसैले भनी रहनु पर्ने होइन ।
भारतीयहरु हर कुरामा अतिवादमा फस्छन् भन्ने कुरा यो घटनाबाट सिद्ध हुन्छ । राष्ट्रिय राजनीतिमा जे भएपनि नेपाली जनताले कसैलाई केहि गरेको छैन । राष्ट्रियताको सवालमा सबै आक्रमक हुन्छन् । तर, निर्दाेषलाई दुःख दिनु र यातना दिनु कुनै धर्म होइन । यो अमानविय अपराध हो । धर्मले कसैलाई पनि यातना र दुःख देउ भन्दैन । धर्मको नाममा जनस्तरमा यस्ता क्रियाकलाप गर्ने र गराउनेलाई कानूनी दायरामा ल्याउनु सम्बन्धित सरकारको दायित्व हो । उत्तर प्रदेशका मुख्यमन्त्रीले घटनाका दोसीलाई कार्बाही गर्ने आश्वाशन दिएको कुरा आएको छ । यसो हुनु पनि पर्छ ।
अर्काेतिर जिम्मेवार तहमा बसेको मान्छेले कूटनैतिक पहल गरेर विवाद समाधान गर्नुपर्नेमा अनावश्यक कुरा बोल्नु राम्रो छैन । यसले नागरिक तहकै सम्बन्ध विगार्ने खतरा हुन्छ । हिजो मोदीसँग राम्रो सम्बन्ध हुँदा जनकपुर बोलाएर अयोध्याका राम र जनकपुरकी सीताले विवाह गरेको स्मरण गर्दै जनकपुरदेखि अयोध्या जाने गाडी उद्घाटन गर्नु अनि अहिले एमसीसी पास गर्न नपाएर पार्टीमा अन्तरबिरोध सृजना भएको बेला आफ्नो पक्षलाई सवल बनाउन राष्ट्रवादी देखिनुपर्ने बाध्यताबीच जथाभावी बोल्नु शोभनीय छैन । सरकारमा सहभागी आफू निकटका अधिकांश मन्त्री भ्रष्टचार काण्डमा मुछिएको र सरकारका काम एकपछि अर्को विवादमा परेको बेला भारत विरोधी चर्को कुरा गरेर जनताको सहानुभूति बटुल्ने प्रयास खोक्रो राष्ट्रवाद मात्र हो ।
कम्युनिष्टहरु द्वन्द्ववादमा विश्वास गर्छन् । उनीहरुले आध्यात्मिक कुरा गर्नु भनेको स्वार्थको लागि मात्र हो । हिजो जनतालाई होली वाइन खुवाएर जनतालाई भुलाउन अहिले हिन्दुधर्मका संरक्षक देखिन खोज्दै रामलाई धर्मपुत्र बनाउने प्रयासले राष्ट्रवादको रक्षा गर्न सक्दैन । यसले आफ्नो गुटका मन्त्री र आसेपासेहरुले गराएको भ्रष्टाचार काण्डलाई पर्दा लगाउन नसक्ने स्पष्ट छ । आर्थिक रुपमा भारतमा परनिर्भर रहने नीति बनाउने, भारतीय एजेन्टबाट कमिसन खाएर पेट्रोलियम पदार्थ ब्यापारको लागि बिद्युतीय सवारीमा कर बढाउने, कृषिउपजहरुमा पनि भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने अनि अर्काेतिर भारतीयलाई गाली गर्ने आफू सबल भए अरुको के चासो ? झगडा र लडाइले समस्याको हल हुदैन भने कुटनैतिक पहल गर्न दबाब दिने कसले हिम्मत गर्ने ?
यति भनिरहँदा यो भारतीय दलाल रहेछ, प्रमको बिरोध ग¥यो भन्ने मान्छे निस्कन सक्छन् । ओलीको खराब कुराको बिरोध गर्नेलाई भारतीय भन्नेहरुले यो सोच्न जरूरी छ की हामी खुँडा, खुकुरी, बम बारूद र गोलीले लडाई जित्ने समयमा जन्मेका हैनौं । अरुलाई गाली गरेर र युद्ध लडेर मात्र हामी राष्ट्रवादी हुन्छौ भने म पनि युध्द लड्न जान्छु सरकारले हतियार दियोस् म पनि भारतको बिरोध गर्छु । तर, भ्रष्टाचारी बचाउने अनि सरकारको कमजोरी लुकाउन छिमेकीलाई गाली गर्ने कुरामा म सहमत हुन सक्दिन । पार्टीभित्रको अन्तरबिरोधलाई छिमेकीसँग जोडेर आफू मात्र राष्ट्रवादी देखिने कुराको समर्थन गर्न सक्दिन । हो, नयाँ नक्शाको सबैले समर्थन गरेको हो ।
नयाँ नक्शा पारित भएपछि कालापानीसहितको भूमि फिर्ताको पहल गर्नुपर्नेमा खै त्यो काम भएको ? बरु त्यसबाट ध्यान मोड्ने प्रयासले त कहिले भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो भन्ने र कहिले अयोध्याको विवाद झिक्ने काम जाजय छैन । भ्रष्टाचार नियन्त्रण, सलह नियन्त्रण, कोरोना नियन्त्रण, बाढी पहिरो प्रकोप नियन्त्रण तथा राहत वितरणलाई छोडेर कम्युनिष्टहरुले काल्पनिक भनेर मान्ने त्रेतायुगका रामलाई गोद लिनु के जरूरी थियो ? जरूरी नै भए पनि नेपालमा इतिहासविद्हरु थिए होलान्, तिनलाई यी कुरा सार्बजानिक गर्न लगाएको भए राम्रो देखिने थियो ।
चर्को कुरा गर्ने तर, आत्मनिर्भरताको लागि पाइला नचाल्ने हाम्रो नीतिले बिदेशी सामानबिना जीविकोपार्जन गर्न नसक्ने अवस्था छ । अनि मौषमी राष्ट्रवादी बनेर नेपाली जनतालाई भ्रम दिने प्रयास भइहरेको छ । हिम्मत भए साच्चै राष्ट्रवादी बन्ने हिम्मत गर । त्यस बेलामा बुर्कुसी मारेर सरकारको समर्थन गर्छु । त्यसका लागि भारतीय समानहरुलाई निरुत्साहित गर । आफ्नो देशको समानलाई प्रोत्साहन गर । फजूल खर्च, सौंन्दर्य सामाग्री, रक्सी जस्ता बिलासी समान आयात बन्द गर । अनि आफ्नो देशमा उत्पादन हुने समानको खपतलाई प्राथमिकता देउ । भारतीय आएर नेपालमा गर्ने व्यवसायहरु (हजाम, पानीपुरी बिक्र, कुकर चुलो मर्मत) जस्ता काममा नेपालीलाई तालिम दिएर सक्षम बनाउ । कृषिमा देशलाई आत्मनिर्भर बनाउ । जनतामा नेपाली समान प्रयोग गर्न सचेतना जगाउ । नेपालीलाई राष्ट्रवाद र देशभक्ति नाममा जनताले दुःख पाउने अनि नेताको स्वार्थ पूरा हुने चाहिएको छैन । गलत काम गर्ने र सरकार असफल भएपछि सरकारका असफलता र कमजोरी लुकाउने राष्ट्रवाद अस्वीकार्य छ ।