वनस्पति संरक्षण सचेतनाः जनस्तरमा खै ?

 ओमप्रकाश अर्याल

प्रकृतिको अमूल्य वरदान वनस्पति अनि यिनै वनस्पति पृथ्वीमा जीवनको स्रोत । हाल विश्वमा साना–ठुला गरी करिब ५ लाख प्रजातिका वनस्पतिहरु पाइन्छन् । त्यसैगरी नेपालमा करिब १३ हजार प्रजातिका वनस्पतिहरु भेटिएका छन् । वनस्पतिले नेपालको कुल भु–भागको करिब ४४ प्रतिशत (डीएफएसआर २०१५) ओगटेको छ । आजको विश्वको चुनौतिको रुपमा अगाडि आएको वनस्पति संरक्षण र प्रवद्र्धनबाट नेपाल पनि टाढा रहन नसकेको अवस्थामा, भौतिक पूर्वाधारहरुको विकास, सहरीकरणसँगै आर्थिक जीवन उकास्न अवैज्ञानिक तरिकाले गरिने वनस्पति दोहन नै भोलिको नेपालको गम्भिर समस्या हुनेछ भन्नेमा दुइमत छैन र रहदैन पनि । यस्ता चुनौतीका बारेमा बेलैमा गहिरिएर कुनै ठोस कदम नचालिएमा “हरियो वन नेपालको धन” किताबी पानाहरुमा मात्र सीमित भइ एकादेशको कथा नहोला भन्न सकिने अवस्था छैन ।

वातावरणसँग गहिरो मित्रवत सम्बन्ध छ, वनस्पतिको । तसर्थ वनस्पति संरक्षण नै वातावरण संरक्षणको एउटा पाटो हो । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण भुमिका आम समुदायको हुन्छ । समुदायको सुझबुझ र निर्णयमा आश्रय लिएको हुन्छ, प्रकृतिले । यसरी प्रकृतिको सबैभन्दा बलियो संरक्षकको रुपमा प्रस्तुत हुनसक्ने आम समुदायमा वनस्पति संरक्षण चेतना पु¥याउन किन असफल ? वनस्पति शिक्षा पाठ्यव्रmममा मात्रै सीमित, आम व्यवहारिकतामा कहिले लागू हुने ?

त्यसो त वनस्पति संरक्षण प्रवद्र्धन र विकासमा विभिन्न प्रयासहरु भने नभएका होइनन् । संरक्षणका लागि विभिन्न राष्ट्रिय निकुञ्जहरु, संरक्षण क्षेत्रहरु, रामसार क्षेत्रहरु स्थापना गरिनुका साथसाथै संरक्षणसम्बन्धी विभिन्न नीति, योजनाहरु; वन नीति २०४९, वनस्पति संरक्षण योजना २०२९, वन ऐन २०५२, सामुदायिक वनको अवधारणाहरुले सकारात्मक भुमिका खेलेका छन् । यसका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले वनस्पति संरक्षणमा पु¥याएका योगदानहरु प्रशंसायोग्य छन् । यति धेरै अथक प्रयास गरिदागरिदैं पनि वनस्पति संरक्षण र विकास पूर्णतया सफल र व्यवहारिक नहुनुमा संरक्षणमा जनसहभागिता र जनचेतना पर्याप्त नभएको पो हो कि ? “हात्ती छिर्यो पुच्छर अड्कियो” भने जस्तै नीति तथा योजनाहरु त बने तर बनाइएका नीति तथा योजनाहरु पुग्नुपर्ने सतही जनस्तरसम्म भने पुग्न नसकेको अवस्था छ । हामीले खाने खाना, पिउने पानी, फेर्ने स्वास अनि मौसम सन्तुलनदेखि लिएर वातावरण स्वच्छतामा वनस्पतिको प्रमुख भुमिका रहेको हुन्छ । यसको विनासले वर्तमानमा पर्ने असर साथै भविष्यमा निम्त्याउने समस्याहरु बारेमा पाठ्यक्रममा मात्रै सीमित शिक्षाभन्दा बाहिर निस्किएर विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल एवम सम्भव भएसम्म घरदैलो वmार्यक्रम गरी उचित सचेतना फैलाउनु आजको आवश्यकता हो । यसरी बढीभन्दा बढी जनसहभागिता गराउँदै आम जनमानसमा वातावरण र प्रकृतिप्रति अपनत्वबोध गराउन सकिएमा मात्रै पनि वनस्पति संरक्षण र प्रवद्र्धनमा निकै ठूलो सफलता हात पर्ने निश्चित नै छ ।

फाइकोलाजी, माइकोलोजी, टयाक्सोनोमी जस्ता जटिल विषयमा ज्ञान फैलाउन कठिन होला र हुन्छ पनि । तर, वनस्पति संरक्षणमा आजको चुनौतीका रुपमा देखापरेका अवैज्ञानिक वनविनाश, मिचाहा झारहरुले मच्चाएको ताण्डव, अव्यवस्थित पशुचरण, वनडढेलो जस्ता आमसमुदायले बुझ्न सक्ने समस्याहरु सम्बन्धी सामान्य चेतना फैलाउन सकियो भने संरक्षण क्षेत्रमा ठुलो फड्को मार्न सकिन्छ । वनविनाश र वनस्पति दोहनले वर्तमानमा निम्त्याएको जैविक विविधता ह्रास र भविष्यमा निम्त्याउन सक्ने मरुभुमिकरणजस्ता खतराहरुबारे जनस्तरमा सचेतना फैलाउँदै आम समुदायलाई वृक्षरोपणतर्फ अग्रसर पार्न सक्रिय भएर लाग्ने हो भने वातावरणसम्बन्धी थुपै्र समस्याहरुको हल निकाल्न त्यति कठिन नहोला । त्यसैगरी जैविक विविधतामा ह्रास ल्याउन प्रमुख भुमिका खेलेको मिचाहा झारहरु (स्थानीय विरुवाहरुलाई नोक्सान पु¥याएर आफू सर्वोपरी हुने आयातित झारहरु) वनमारा, गन्धे, बेसरम, वनफाडा, जलकुम्भी जल र थल दुबै प्रणालीमा समस्याको रुपमा देखा परेको छ । यस्ता झारहरुले अन्य वनस्पतिमा पु¥याउने क्षति र यसको रोकथाममा अपनाउन सकिने भौतिक विधीसम्बन्धी (फुल फुल्न अगावै त्यस्ता झारहरु नष्ट गरिदिने) चेतना फैलाउँदै स्थानीय स्तरको भुमिकामा जोड दिन सकिएमा यो समस्या सामाधानमा केही बल मिल्नेछ ।

बनमा डढेलो लाग्दा ह्या हामीलाई के मतलव हाम्रो घरमा लागेको हो र ? भन्ने अध्यारो मानसिकतालाई प्रकाश दिँदै हैन है वन डढेलोले प्रत्यक्ष अप्रत्यक्षरुपमा वर्तमानमा मात्रै नभइ भविष्यमा पनि ठूलो नोक्सान व्यहोर्नुपर्ने हुन्छ भन्ने चेतनाको विकास गर्दै स्थानीय स्तरबाटै आगो नियन्त्रणमा दक्षसमूह बनाउन सकियो भने यस्ता प्रकोपबाट पर्न जाने क्षतिलाई न्युनिकरण गर्न सहज हुनेछ । हामीले देखेकै छौं, कतिपय तालहरु लेउको बाक्लो लेपले (जसलाई एलगल ब्लुम भनिन्छ) छोपिएको हुन्छ । यससम्बन्धी सामान्य जानकारी नै नपाएका प्रकृतिपे्रमीहरुलाई के थाहा, हेर्दा सामान्य देखिने यस्ता लेप तालका सम्पूर्ण वनस्पति र प्राणीहरुलाई कति घातक छ भनेर । त्यसता लेपको प्रभावले तालका वनस्पति र प्राणीहरु प्रकाश र हावाको कमीले मर्दै जान्छन् । यस्ता क्षतिहरुबारे चेतना फैलाउँदै उक्त फैलिएको लेउलाई व्यवस्थापन गर्न जनसक्रियता बढाउन सकिएमा यस्ता समस्याहरुलाई सामाधान गर्न सहयोग मिल्नेछ ।

तसर्थ वनस्पति संरक्षण र विकासको दिगो भविष्यको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरुसँगै बढीभन्दा बढी जनसहभागितामा जोड दिँदै यथाशिघ्र उचित कदम चालिनु आवश्यक छ । संरक्षणका लागि बनेका योजनाहरु सम्बन्धी चेतना आमसमुदायले बुझ्नेगरी सरल र व्यवहारिकतामा लागू हुने हिसाबले जनस्तरसम्म पु¥याई वातावरणप्रति उत्तरदायी बनाउन सकियो भने वनस्पति संरक्षणमा देखिएका चुनौतीहरुको सामाधानतर्फ सफलताका किरणहरु छर्न सकिनेछ ।
(लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा एमएस्सी वनस्पति शास्त्रमा अध्ययनरत छन् )

आइतबार, ०४ साउन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर