विराटनगर । वर्षामा डर, त्रास र भयको नाम हो ‘सप्तकोशी’ । मानव सभ्यताको विकास नदी किनारमै भएको छ । डर, त्रास र भय सिर्जना गरेपनि नदी नाला र प्राकृतिक वातावरणले मानिसलाई अप्रत्यक्ष लाभ पु¥याइरहेको छ ।
तर, तिनिहरुको उपर्युक्त प्रयोग र सावधानी अपनाउँदा मात्रै मानिस सुरक्षित हुन्छ । यस्तै नेपालका १ नम्बर प्रदेशका पहिचान हो सप्तकोशी । सप्तकोशीका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन् । यही सातवटा नदीहरु मिलेर सप्तकोशी बनेको हो ।
सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी पनि हो।
‘हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्षायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई ‘विहारको दुःख’ पनि भन्ने गरिन्,’ विकिपिडियामा उल्लेख छ ।
गत २०६५ साल भदौ २ गते सप्तकोशीको बाँध फुटेर सुनसरीका हजारौं घर परिवार विस्थापित भएका थिए भने भारत बिहारमा ठूलो जनधनको क्षति भएको थियो । त्यही सप्तकोशीको सहायक नदिहरुको दृश्य कैद गरेकी छिन् पत्रकार विनु तिम्सिनाले । हेरौं केही दृश्य ।
सबै तस्बिरः विनु तिम्सिना