रामकुमार श्रेष्ठ
सांसद शेरबहादुर तामाङज्यूले गाँजाको कारोबारलाई कानूनी वैद्यता दिन प्रतिनिधिसभामा प्रस्ताव गर्नुभएको कुरा स्वागतयोग्य छ । नेपालमा गाँजा कारोबारको ईतिहास केलाउँदा लागुऔषध नियन्त्रण ऐन २०३३ बनेपछि पनि २०४२ सालसम्म गाँजा कारोबार खुलेआम तराईको चुरे फेदीका जिल्लाहरुमा र पहाडमा पनि अन्य बालीको विचमा खेती हुने गरेको थियो । अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण सम्बन्धि संगठनको दवावको कारण वि.सं २०४३ देखि यसमा कडाई गरियो ।
यसै दौरानमा मैले देखेको छोटो सत्य घटना उजागर गर्न चाहन्छु । २०४३ को श्रावणदेखि म सिराहा जिल्लाको अपराध अनुसन्धान अधिकृतमा कार्यरत थिए । स्व. प्रहरी वरिष्ठ उपरिक्षक मदनकुमार प्रधान तत्काल डि.एस.पी.को हैसियतमा कार्यालय प्रमुख हनुहुन्थ्यो । उहाँ एक कर्तव्यनिष्ठ ईमानदार विभागले दिएको पदलाई सदा सम्मान गर्ने, भ्रष्टाचारबाट सदा टाढा बस्न रुचाउने प्रहरी अधिकृतको रुपमा चिनिनुहुन्थ्यो । मलाई याद छ, उहाँ कहिले काँही मलाई भन्नुहुन्थ्यो– राम म जस्तो ९ कक्षा पढेको मानिसलाई देशले डि.एस.पी.को पद दिएको छ । प्रहरी पराक्रम र गोरखा दक्षिणबाहु जस्तो पदको सम्मान पाएको छु । मेरो बुबा डि.एस.पी. छँदै आफनो कर्तव्य निर्वाहको दौरानमा वित्नुभयो । मैले जीवनमा कहिले भ्रष्टाचार गरिन, गर्दिन र गर्न पनि दिन्न ।
त्यहिबेला गाँजामा प्रहरीबाट कडाई गरी छेकवार लाग्दा गाँजा कारोवारीहरुमा खैलाबैला मच्चियो । कतिपय जिल्लामा प्रहरीको सेटिङमा स्टकमा भएको गाँजा सप्लाई भयो । सिरहा प्रहरी प्रमुखलाई पनि स्थानीय राजनैतिक दलका प्रभुत्व व्यक्तिहरुबाट अफर नआएको हैन, एक हप्ताको लागि सिमा वरपर प्रहरी गस्ती बन्द गर्न मोटो नजराना दिने भनी मदन सरलाई प्रलोभन दिईयो । अन्यत्र जिल्लामा सेटिङ भएको उनीहरुको कुरा थियो । तर, उहाँ आफ्नो निर्णयबाट नहटेपछि गाँजाका माफियाहरुले लागुऔषध नियन्त्रण ऐन २०३३ को लागुऔषधको परिभाषा नै संशोधन गराई ‘लागुऔषध भन्नाले गाँजालाई मानिने छैन’ भनी राजपत्रमा संशोधन प्रकाशित गराए । यो दफा २.३ महिनापछि पुनः हटाईयो । यस अवधिमा सबै कारोवारीहरुले आ–आफ्नो गाँजाको स्टक टुंगोमा पु¥याए । तत्पश्चात हालसम्म गाँजा प्रतिबन्धित भएपनि लुकिछिपी कारोबार भइहरेको छ । नेपालमा गाँजा कारोवारको बैद्यताको सवालमा निम्न कुराहरु प्रष्ट पार्न चाहन्छु ।
(क) लागुऔषधको किसिमः
दुव्र्यसनको हिसावले लागुऔषधलाई २ किसिमले वर्गीकरण गरिन्छः
१. Traditional Drug: परम्परादेखि सेवन गर्दै आएको लागुपदार्थ जस्तै गाँजा, भाङ र चरेस । यो लागुपदार्थ एउटै विरुवाबाट उत्पादन हुन्छ ।
२. Modern Drug: अफिम ,कोकीन र विभिन्न पदार्थको राशायनिक प्रक्रियावाट तयार गरिएको सेतो हेरोइन, खैरो हेरोईन, मर्फिन, एल.एस.डी. तथा मानवमात्रको स्वास्थ्य उपचारको लागि भनी बनाईएका औषधीहरुलाई लागुपदार्थको रुपमा दुरुपयोग गरिने औषधीहरु ।
(ख) लागुपदार्थको असर:
१. गाँजाको असर:
अत्यधिक गाँजाको सेवनले मानिसलाई दिग्भ्रमीत गराउने भएकोले सन्तुलन गुमाई विभिन्न दुर्घटना हुनसक्छ । गाँजा चरसको नशाले मानिसमा भ्रम वा झझल्को (Hallucination) पैदा गर्दछ नशामा कोही निरास भई तनावमा बस्ने, टोलाउने र बेहोसीमा बर्बराउने गर्दछन् । दिर्घकालीन रुपममा अत्यधिक गाँजा सेवन गर्नाले खोकी, व्रोनकाईटीस, पागलपन जस्ता रोगबाट संक्रमण हुनसक्छ । तर, सिमित मात्रामा खुराक बनाई सेवन गरी मनलाई एकाग्र बनाउने, भोक बढाउने, क्षणिक आनन्द महसुस गराउने जस्ता असर हुने भएकोले साधु सन्त तथा यसका पारखीहरुले सीमित मात्रमा नियमित रुपले वर्षौ वर्ष गाँजा सेवन गरिआएको पाईन्छ । नेपालमा गाँजाको प्रयोगको इतिहास ५००० वर्ष भन्दा पुरानो छ । त्यसैले भनिन्छ नेपालमा उत्पादित गाँजाको असर अन्यत्रको तुलनामा ५ गुना असल भएकोले विदेशीहरु नेपाली माटोमा उम्रिएको गाँजा मन पराउछन् ।
मानिस तथा पशुपंछीको विभिन्न रोगहरुमा गाँजालाई औषधीको रुपमा प्रयोग गर्न अझै पनि गाउँघरमा करेसावारीमा १/२ वटा विरुवा लगाउने गरिन्छ । वनजंगल पाखो बारी तथा घु¥यानमा तितेपाती र वनमारा झार जस्तै जंगली गाँजाको बोटहरु जताततै निर्वाधरुपमा उम्रिएको पाईन्छ ।
२. मोडर्न ड्रगको असर:
हेरोईन, मर्फिन, कोकीन, एल.एस.डी र औषधीजन्य पदार्थको दुरुपयोगको असर गाँजाको तुलनामा ज्यादै महंगो र भयानक हुन्छ । लागुपदार्थका दुव्र्यसनीहरुले समाजमा विकृति फैल्याई आफ्नो परिवार र समाजलाई असर पु¥याउछ । खासगरी कलिला उमेरका अपरिपक्क बालवालिकाहरु यसमा छिट्टै पर्दछन र यसलाई बेलैमा नियन्त्रण गर्न नसके महामारी झै फैलिने खतरा हुन्छ । यो नसा आर्थिक हिसाबले अति नै महंगो र यसको दुव्र्यसनमा फसेपछि उपचार पनि त्यतिकै जटिल र महंगो हुन्छ ।
यसको कुलतमा परेका मानिसहरु आफूलाई समाजदेखि भिन्न ठान्ने, परिवारमा बस्न नरुचाउने, आफू जस्तै साथीहरुको समूहमा रमाउने हुन्छन् । खाना खान, नुहाउन नरुचाउने भएकोले छिट्टै नै विभिन्न रोगबाट ग्रसित भै मानसिक अवस्था गुमाउने, आत्माहत्या गर्ने असर देखिन्छ । एकपटक कुलतमा फसिसकेपछि उनीहरुलाई पुनर्जीवन केन्द्रमा राख्नुको विकल्प रहदैन ।
दुव्र्यसनीको अवस्था:
आधुनिक लागुपदार्थको दुव्र्यसनीको तुलनामा गँजडीहरुको संख्या नगन्य छ । आर्थिक हिसावले नेपालमा सर्वसुलभ, सस्तो, कतिपय स्थानहरुमा निःशुल्क उपलब्ध भएपनि गाँजा, भाङ र चरेस सेवनकर्ताहरु सामाजिक समस्याको रुपमा देखिएका छैनन् । तर, आधुनिक लागुपदार्थका दुव्र्यसनीहरु हरेक सहरका पुनर्जीवन केन्द्र भरीभराउ छन् । आफूले चाहेको केन्द्रमा विमारी राख्न लाईनमा बस्नुपर्ने अवस्था छ । प्रत्येक दिनजस्तो खैरो र सेतो हेरोईन अनि फेन्सीडील र टिडीजेसीक, डाईजापामसहित प्रहरीले कारोवारी र दुव्र्यसनी पक्राउ गरेको समााचारहरु सञ्चार माध्यमा आईरहेको पाईन्छ । दुव्र्यसनको सवालमा जुत्ताचप्पल टाँस्न प्रयोग गरिने डेन्ड्राईड, स्वीलेसनको दुव्र्यसनी लागुपदार्थ जस्तै महामारीको रुपमा देखापरेको छ । खासगरी १०/१२ वर्षका बालकहरु पनि यसको दुव्र्यसनमा फसेको पाइन्छ ।
अपराधमा लागु पदार्थको प्रभाव:
लागु पदार्थलाई अपराधसँग जोडेर हेर्दा कस्तो लागु पदार्थको गुण र असर कस्तो हुन्छ भनी जान्न जरुरी ठान्दछु । समग्रमा लागुपदार्थबाट हुने असर २ किसिमको हुन्छः
(क) उत्तेजनात्मक:
जुन पदार्थको सेवनले मानिसमा उत्तेजना उत्पन्न गर्दछ । जस्तै कोकीन, अफीम वा अन्य रसायनहरुबाट तयार गरेको लागुपदार्थ उत्तेजनात्मक गुण भएका हुन् ।
(ख) सिथिलात्मकः
जुन पदार्थको प्रयोग गरेपछि मानिस सिथिल र निस्कृय हुन्छ । जस्तै गाँजा, भाङ र चरेस । यी सिथीलतात्मक गुण भएको लागुपदार्थ हुन् । गाँजा र भाङको प्रयोगपछि मानिस उग्र र उत्तेजक नभई सिथील हुने, टोलाउने र एकसुरे हुने गर्दछ ।
अपराधीहरुले अपराध गर्नको पछिका कारणहरुमा आधुनिक लागुपदार्थको सेवन तथा मादक पदार्थ सेवन मुख्य छ । खुन, डाका, बलात्कार जस्ता जघन्य अपराधहरु घटाएको कैयन घटनाहरुमा उनीहरु जोडिका हुन्छन् । तर, गाँजा खाएर जघन्य अपराध गरेको घटनाहरु सायदै होलान् ।
गाँजाको वैद्यताको कुराको सिलसिलामा अर्झै एउटा कुरा के प्रष्ट गर्न चाहन्छु कि आज ५०० वर्ष देखि स्कटलेण्डले स्कच व्हीस्की बनाएर संसारभरी आफ्नो प्रोडक्ट विक्री गरेर अथाह सम्पत्ती कमाई गरी संसारलाई त्यसैको नामबाट चिनाईरहेको छ । १०० भन्दा ज्यादा भेराइटीको स्कच रक्सी उत्पादन गरी संसारभरी बिक्री गर्दछ । आज स्कचको मार्केट फैलिएको देखेर विभिन्न देशका माफियाहरुले स्कचको डुप्लिकसेन गरी बजार लिने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म हुवहु त्यही स्वादको व्हीस्की अन्यत्र बनेको सुन्नमा आएको छैन । सबैले बेलायती व्हीस्की नै रोज्दछन् । अन्यत्र बनेका व्हीस्कीहरु पनि स्कटलैण्डमै बनेको माल्ट मिश्रण गरी बनाउछन् । यसको पछाडीको एउटै कारण हावा पानी र वातावरण हो । स्कण्टलैण्डको जस्तो सुहाउँदो वातावरण अन्यत्र नभएकोले हुवहु त्यस्तैे स्वादको रक्सी अन्यत्र बनाउन सकेको छैन ।
त्यस्तै नेपालमा गाँजाको प्रयाप्त संभावना छ । आज युरोप, अमेरिका जस्तो विकसित महादेशका कैयन देशहरुमा गाँंजा वैद्य बनिसकेको छ । त्यहाँका मानिसहरुले गाँजाखेती र बिक्री वितरणबाट आर्थिक फाईदा लिईरहेका छन् । हाम्रो देशमा परम्परादेखि औषधीय गुणको रुपमा समेत प्रयोग गरिदै आएको गाँजाको सदुपयोग किन नगर्ने ? कुनैपनि चिजको गुण वा दोष दुवै हुन्छ । तर, हामी गाँजाको अवगुणको पछि मात्रै किन लागिरहेका छौ ? यसको सदुपयोगतर्फ ध्यान किन नदिने ?
सांसद शेरबहादुर तामाङलगायत गाँजालाई वैद्यता दिनुपर्छ भन्ने पक्षमा उभिनुभएका प्रतिनिधीसभा र प्रदेशसभाका सम्पूर्ण सभासदज्युहरुप्रति म ऐक्यवद्धता जनाउँदै भन्न चाहन्छुः आऊ सबै मिली गाँजाको कारोवारलाई वैद्यता दिलाइ व्यवस्थित गरांै । गाँजालाई खुल्ला गर्दा समाज विग्रन्छ भन्ने भ्रम हो । किनकी अहिले पनि गाँजा सहज रुपमा गाउँघर सबैतिर पाइएकै छ । दुरुपयोग गरी समाज विगार्ने भए कसैले रोकछेक कहाँ गरेको छ र ? ईच्छा गर्ने गजँडी र साधुसन्तहरुले गाँजाको फुल पात चुडेर नशा सेवन गरिरहेकै छन् । यसले समसमाजमा खासै प्रभाव गरेको छैन । बरु गाँजाले नेपाली समाजको वातावरण खल्बलिन्छ भन्नको साटो गाँजा व्यावसायलाई व्यवस्थित गरी यसबाट सरकारलाई प्राप्त हुने राजश्वले दिनानुदिन बढ्दो आधुनिक लागुपदार्थको दुरुपयोगलाई रोक्ने कार्यमा खर्च गरांै । दुव्र्यसनमा परेका गरिब असहाय युवाहरुलाई पुनर्जीवन दिलाई आदर्श नागरिक बनाई सुन्दर र सभ्य समाजमा स्थापित गरांै । स्कटलैण्डको स्कच जस्तै नेपालको गाँजाको वासन संसारभरी फैलाउँदै हिमाल, पहाड र तराईका सबै सम्वन्धित किसानहरुको जीवनस्तर उठाऔं ।
(लेखक: नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी नायव उपरीक्षक हुन्)