कहिलेकाहीँ फेरि अर्का प्रचण्डको जन्म होला कि नहोला भनेर सोच्न मन लाग्दो रहेछ । हामी बाका चार भाई छोरा एउटाले काम बिगारेपछि अर्कोले सपार्ने कुरै आएन । जब अर्को भाइले पनि काम विर्गाथ्यौं अनि बाले भन्नुहुन्थ्यो जुन जोगी आएपनि कानै चिरेको । त्यसबेला बा कुरा बुझिदैनथियो । आजभोलि अर्को प्रचण्डको जन्म होला कि नहोला भन्ने कुरा मनमा खेलिरहँदा त्यसबेला बाले भनेको कुराको याद आँछ ‘जुन जोगी आए पनि कानै चिरेको’ ।
पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा आज हरेक नेपालीको मुखमा त्यही शब्द सुनिन्छ, जुन जोगी आएपनि कानै चिरेको । संघीयता आयो । सिंहदरवार घरआँगनमा पनि आयो । आफूलाई सर्वहाराको सेवक भन्दै आएको दल प्रष्ट बहुमत आयो । दुईतिहाईको सरकार बन्यो । तर, जनताले त्यसको अनुभुति गर्न पाएका छैनन् ।
यतिबेला नेकपा फुटको संघारमा छ भन्ने सुनिन्छ । सदनमा प्रष्ट बहुमत रहेका प्रधानमन्त्री भारतीय दुतावासले मलाई हटाउँदै छ भन्नुहुन्छ । त्यही दलका उहाँ समानका अध्यक्ष प्रचण्ड भारतले हैन, मैले हटाउँछु भन्नुहुन्छ । ‘र’ का वटालियनले काठमाण्डौंका होटलहरु खचाखच रहेको खबर आउँछ । उत्तरतिरका छिमेकीका पनि कानमा बतास लागेको छ । चिनीयाँ राजदुत फाट्न लागेको दुधमा हतारहतार जोडन हालेजस्तै जुटाउन लाग्नुभएको छ ।
हरेक नेपाली जनता हामीले सर्वभौमसत्ता सम्पन्न छौ भनेर छाती फुलाई रहेका छौं । भोट हामी हाल्छौं । सरकार बनाउने र ढाल्ने काम भारत र चिनका कर्मचारीले गर्छन् । हामी गर्वसाथ भन्छौं । इतिहासमा हामी सकैका दास नभएकै कारण हामीले स्वातन्त्रता दिवश मनाउदैनौं । तर, कस्ता स्वतन्त्र हामी, त्यो चाही बुझ्न गाह्रो छ ।
तर, एउटा कुरा विश्वास मान्नुहोला नेकपा मात्र हैन नेपालका कुनैपनि राजनीतिक दल फुटाउने र जुटाउने काम विदेशीकै हो । त्यसलै पुराना एमालो र माओवादीका साथीहरुले अहिले सडकमा निस्केर ओलीको पक्षमा होस् या प्रचण्डको पक्षमा जुलुस नलगाए हुन्छ । अनि विहान नै उठेर पत्रिका हेरेर अब पार्टी नफुट्ने भो भनेर मख्ख नपरे हुन्छ । तपाईको पार्टी हिजोपनि अर्कैले नाटकीय रुपमा जुटाएको हो । उसलाई आवश्यक पेरेको उपयुक्त समयमा फुटाउँछ । यदि यो कुरा विश्वास लागेन भने केहि समय धैर्य गर्नु होला, त्यो देखिहाल्नु हुन्छ ।
हुन त एमाले र माओवादीबीचको एकता भनेको कोदो र तोरीलाई एकै ठाउँमा मिसाएजस्तै हो । हेर्दा कोदो र तोरी उस्तै लाग्छ । कालो अनि तोरी कालो कालो नै हुन्छन् । दाना पनि उस्तै र उस्तै हुन्छन् । तर, तोरीलाई कोदोमा मिसायो भने न त तेल नै आउँछ । न त पिना नै बन्छ । न त पिठो नै । यहाँ कोदो को र तोरी को भन्ने छुट्याउने काम तपाई पाठकहरुको जिम्मामा छोड्दै अहिले भएको भनेको त्यही हो । मिलमा हालियो । तर, तेल झरेन । पिठो त आउने कुरै भएन । पिना समेत बननेपछि खट्पटी हुनु स्वाभागिक हो ।
आज भारतले खेलिरहेको छ भने चिच्याउनु पर्ने ठाँउ म देख्दिन । अहिले विराटनगरमा गर्मी भयो भनेर कोलाहाल गर्दा जाडो आउँदैन । भारतले कहिले खेलेको थिएन र ? हिजो तपाँईहरुले गर्नुभएको १२ बुँदे सम्झौता भारतमै भएको हैन र ? भारतले आजसम्म नेपालमा भएका कुन घटना र परिर्वतनमा आफ्नो उपस्थिति देखाएको छैन ? अब त हिजोसम्म गोप्य रुपमा खेल्ने चीन पनि मैदानमा उत्रिएको छ । यसले हाम्रो राष्ट्रियता कता पुग्छ ? अनि मलाई भारतले हटाउँदैछ भन्नेर सार्वजनिक रुपमा बोल्ने प्रधानमन्त्री ओलीले अब मलाई चीनले जोगाई दियो । उहाँहरुको निगाहाले प्रधामन्त्रीमा आसीन छु भन्नु सक्नुहोला त ? आफ्नो पक्षमा गर्दा सबै मान्य हुने, विरुद्ध गर्दा बुरुक उफ्रिने कस्तो राष्ट्रियता हो हाम्रा नेताको ? अनि हामी नेपालीले त्यसैमा ताली बजाउनुपर्ने । तर ठिकै छ, हामी कार्यकर्ताहरुलाई पनि फ्याक्न लाग्दा र जोगाउँदा गुटगत रुपमा मज्जा नै आएको छ नि त । हाम्रो राष्ट्रियता पनि यही हो, त्यसैले नेतालाई भन्नुको कुनै तुक छैन ।
हाम्रो समाज पृत्रिसतात्मक हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । हाम्रो समाजमा भनौ या हाम्रा कोहि न कोहि आफन्तले दुई जना श्रीमति ल्याएको हामी सबैले देखेका छौं, भोगेका छौं । पहिलो श्रीमतीको मृत्यु भएर वा छोडेर गएपछि दोस्रो विवाह गर्नु एउटा कुरा हो । तर, हामीले धेरै जनाले घरमा एउटा श्रीमति हुँदाहुँदै अर्की ल्याएका छन् । त्यसमध्ये धेरैले दुबै जनालाई मिलाएर राखेका छन् । केहिले छुट्टै घर बनाएर पनि राखेका छन् । तर, नारीका पक्षमा धेरै नारा उठेपनि राज्यले ३३ प्रशितको भाग लगाए पनि आजसम्म मैले एक जना महिलाले दुई जना श्रीमान्लाई सँगै राखेको सुनेको र देखेको छैन ।
हो, हाम्रो देशको सबैभन्दा ठूलो पार्टी नेकपाको प्रमुख समस्या भनेको एक महिलाका दुई श्रीमान् हुने जस्तै हो । जसरी हाम्रो समाजमा हामीले एक जना महिलाले २ जना श्रीमान्लाई एउटै घरमा राखेको देख्न पाइएको छैन, यो पार्टीमा २ वटा अध्यक्ष हुनु भनेको पनि त्यस्तै हो । एमाले र नेकपा माओवदीबीच एकता भयो । दुई जना अध्यक्ष बनाइयो । मलाई लाग्दैन एउटी श्रीमतिका दुई श्रीमानबीच धेरैदिन मिलेर एकै स्थानमा बस्न सक्छन् ।
आज प्रचण्डले ओलीसँग भएको सम्झौता अनुसार अढाई वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटेर गल्ती गरेको भन्न नपाउँदै ओलेको ओठे अवाफ आयो, ‘मैले पनि अढाई वर्षपछि दिन्छु भन्ने समझौता गरेर गल्ती गरेछु ।’
चिया पसलमा भनेटिने पूर्व एमालेका कार्यकर्ताहरु पार्टी जति सक्दो चाडो फुटाउनुपर्ने कुरा गर्वसाथ भन्छन् । ‘अहिले फुट्यो भने चुनावसम्ममा रिकभर गर्छौं ।’ त्यस पार्टी एकतालाई पहिलादेखि नै मन नपराउने नेता कार्यकर्ताहरुको जमात बेग्दै छ । अहिले पनि पार्टी एकीकरण गरेर ओलीले ठूलो गल्ती गरेको भन्ने अडान धेरै नेताहरु छन् । यस्तो अवस्था जुटेको पार्टीले के परिणाम देला ? कहिलेसम्म जुटिरहला । जिल्ला तहसम्मको एकता प्रक्रिया टुङ्गोमा पु¥याएको भनिएपनि त्यस भित्रको खिचलो अझै बाकी छ । हिजो मोकै भटमास खाएर वडा कमिटी गठन गर्ने कमरेडहरु आज खाली सरकारले कहाँ नियुक्ति देला कि भनेर गौडा कुरेर बसिरहेका छन् । कही पाएनन् भने उपभोक्ता समितिमा बसेर भएपनि विल मिलाउन व्यस्त छन् । पार्टी संगठनभन्दा पनि गुटगत स्वार्थका कारण देशकै ठूलो दल संगठानिक रुपमा कमजोर बन्दैछ । आगे कमरेडहरुको इच्छा ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।