प्रदेश १ कोरोना नियन्त्रण प्रगति विवरण सार्वजनिक

२७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च (पूर्ण पाठ)

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।

नोभल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश १ सरकारले प्रारम्भिक चरणदेखि नै योजनाबद्ध कार्ययोजना बनाई समन्वयात्मक रुपमा कार्य गर्दै आएको छ । प्रदेश सरकारले कोरोनाको भाईरसको उपचार नियन्त्रणका लागी कोरोना जनसुरक्षा कोष तथा क्वारेन्टाईन स्थलको स्थापना, पिसिआर पद्धतिबाट कोरोना परिक्षण, आईसोलेशन वार्डको स्थापना र सङक्रमितलाई कोरोना बिशेष अस्पतालमा उपचारको प्रबन्ध लगायतका कार्यहरु गरेको जनाएको छ । कोरोना भाईरसको रोकथाम तथा नियण्त्रणका लागी प्रदेश सरकारले ‘नोभल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

कोरोना भाईरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर्न प्रदेश १ सरकारले ‘होलियास्टिक अप्रोच’ को अवधारणा बमोजिम कार्य गरिरहेको छ । यस अवधारणा बमोजिम प्रदेश सरकारले नेपाल सरकार तथा स्थानीय तहहरुसँगको सहकार्यमा निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक जिम्मेवारीसहित समन्वयात्मक रुपमा परिचालन गरेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश १ सरकारले गत बैशाख ३० गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको ‘कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर’ को प्रादेशिक समितिको बैठकबाट भारतमा लकडाउन खुकुलो भए लगत्तै २५ हजार नेपाली नागरिकहरु प्रदेशमा भित्रिनसक्ने सम्भावना रहेको अनुमान गरेको छ । सो सम्भावनालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले नेपाल भारत सीमाका पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर, रङ्गेली, रानी र भन्टाबारी लगायतका क्षेत्रहरुमा होल्डिङ सेन्टर स्थापना गरि सञ्चालनमा ल्याएको छ । होल्डिङ सेन्टर स्थापना गरि प्रदेश सरकारले विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्न स्पष्ट जिम्मेबारी सहितको कार्यविद्यि र सङक्रमण परिक्षणको योजनाहरु पनि अघि सारेको छ ।

त्यस्तै कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी प्रदेश १ सरकारले प्रदेशस्तरीय कोरोना जनसुरक्षा कोष स्थापना गरेको छ । कोरोना जनसुृरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुँपैया ४० पैसा जम्मा भएकोमा उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुँपैया बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको प्रस्तुत तथ्याङकले देखाएको छ ।

प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकारको तर्फबाट २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैङ्क तथा वित्तीय संस्थाहरुको तर्पmबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुँपैया ८० पैसा, उद्योगी व्यावसायीहरुको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुँपैया गरि ३३ करोडमाथिको रकम जम्मा भएको जनाईएको छ ।

त्यसैगरि प्रदेश नं. १ मा हालसम्म सङ्क्रमित कुल ६ सय १५ जनाहरुमध्ये ४ सय जना निको भई डिस्चार्ज भईसकेको तथा २ सय १५ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

यसका अतिरिक्त प्रदेश नं. १ मा सञ्चालित विभिन्न प्रयोगशालाहरुबाट भने हालसम्म २५ हजार ३ सय ४० जनाको स्वाबको नमुना सङ्कलन गरिएकोमा ६ सय १५ जनाको पि.सि.आर पद्धतिबाट कोरोना परिक्षणको नतिजा पोजिटिभ देखिएको छ । जसमा २३ हजार ९ सय ७० जनाको नतिजा नेगेटिभ देखिएको र ७ सय ५५ जनाको परिक्षणको नतिजा आउन बाँकी रहेको जनाईएको छ ।

शुक्रबार, १९ असार, २०७७, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर