लोड हुँदैछ...

मेनु

श्रीमती मरीभन्दा पनि काल पल्केला भन्ने डर

श्रीमती मरीभन्दा पनि काल पल्केला भन्ने डर

५५ वर्ष लामो राजनीतिक इतिहास बोक्नुभएका ६९ वर्षीया खड्गप्रसाद शर्मा ओली नेपालका ४१ औं प्रधानमन्त्री हुन् । पछिलो पटक २०७२ सालमा प्रधामन्त्री बन्नुभएका ओली दोस्रो पटक २०७४ फागुन ३ गते दुईतिहाई मतसहित सरकारको प्रधानमन्त्री नियुक्त हुनुभयो । नेपाली राजनीतिका निक्कै अब्बल खेलाडी भनेर कहलिने ओलीको प्रधामन्त्री पद पटक–पटक संकटमा पर्दै आएको छ ।

नेकपा एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नेकपाको अध्यक्षसमेत रहनुभएका ओली पछिल्लो समय आफ्नै पार्टीभित्र सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप खेपिरहनु भएको छ । पछिल्लो पटक मधेसवादी दललाई विभाजन गर्न लागेको आरोपसँगै उहाँको प्रधानमन्त्री बालवाल बच्नपुग्यो । त्यसपछि नेपालको भुमि भारतले मिचेको ठहर गर्दै ओली सरकारले नयाँ नक्सा सदनबाटै पारित गर्दै जारी गरेपछि प्रधामन्त्रीको पद थामिएको अनुमान धेरैले गरेका थिए । तर, अहिले जारी नेकपा स्थायी समितिको बैठकमा देखिएका परिदृष्यहरुले फेरि उहाँको प्रधामन्त्री पदमाथि धावा बोल्न थालिएको छ ।

लामो समयसम्म चलेको द्वन्द्वपछि बनेको दुईतिहाइको सरकारसँग जनताले धेरै आशा गरेका थिए । तर, परिणाम त्यसो हुन सकेन । विगतमा कांग्रेसले वहुमत ल्याएको बेला जसरी आफ्नै दललमा फसेर पतन भयो, अहिले नेकपा त्यही पथमा जाने हो कि भन्ने खतरा बढेको छ । दुई पार्टी एकीकरण भएर जिल्ला तहसम्म त्यसको प्रक्रिया पुरा हुन नपाउँदै फेरि पार्टी फुट्ने हो किन्ने सन्त्रास कार्यकर्तामा देखिन थालेको छ भने एकखाले तत्कालीन एमालेका नेताहरु अहिले पार्टी एकीकरण गर्ने ओलीको एकल निर्णय नै गलत भएको निश्कर्ष निकाल्न थालेका छन् । यो पक्कै पनि राम्रो संकेत हैन ।

के अहिले केपी ओलीको विकल्प खोज्ने बेला भएको छ त ? यसबारेमा नै गम्भीर बहस आवश्यक छ । केपीको विकल्पमा को आउँछ र के हुन्छ ? भन्ने प्रश्नको उत्तर चिया पसलमा गरेका गफ जस्तो सहज छैन । मेरो विचमार ओली सरकारको विकल्प खोज्नु भनेको फेरि एउटा दललाई फुटाउनु अनि देशलाई अस्थिरतामा धकेल्नु र बाहिरी चलखेल बढाउनुभन्दा केहि पनि हुन सक्दैन । यो सरकार ढालेर नेकपालाई फुटाउदा काँग्रेसलाई फाइदा हुन्छ भन्ने सोच्नु गलत हुन्छ । आफ्नो घरको तला थपेर अग्लो बनाउने हो अर्काको घरको तला भत्काएर बराबर हुन्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो ।

एमाले र माओवादी एक हुँदाका विभिन्न सत्र होलान्, त्यसको पालना दुबै पक्षले गर्नुपर्छ । प्रधामन्त्रीले पनि धेरै ठाउँमा गल्ती गर्नुभएको छ होला । त्यसलाई सुधार गर्न सक्नुपर्छ । यो मिलेर देशलाई समृद्ध बनाउने बेला हो । हारजितको राजनीति अहिले गर्नुहुदैन । हराउने र जिताउने जिम्मा जनताको हो । समय आएपछि त्यसको हिसाव किताव जनताले आफ्ै गर्नेछन् । जतनाको ठेक्का नेताले लिने काम बन्द गर्नुपर्छ ।

आज विभिन्न बहानमा विदेशी चलखेल बढिरहेको छ । हाम्रो देशको दुर्भाग्य भन्नुपर्छ । यो देशमा जुन शक्ति बलियो भने विदेशीको निसाना त्यही शक्ति बन्नेगर्छ । इतिहास साक्षी छ जरैदेखि बलियो भएको कांग्रेस विभिन्न बहानमा सकियो । हामीले जे भनेपनि नेपालको राजतन्त्रको जरा पनि निकै बलियो थियो । त्यसलाई दरबार हत्याकाण्डका नाममा जरैबाट उखेल्ने काम भयो । अब पालो नेकपाको छ । त्यसका तानाबुना बुनिसकेका छन् । नेताहरु थाहा नपाएर होस या बुझ पचाएर होस्, उनीहरुकै गोटी बनिरहेका छन् ।

मलाई मेरैं आँखाले देखाका दिनको याद आउँछ । नेपालमा जव माओवादी जनयुद्ध सुरु भयो । माओवादीको पहिलो निशाना पुराना पञ्चहरु भए । त्यस बेला काँग्रेस मैन बस्यो । उसलाई लाग्यो हामीले गर्न सकेका थिएनौं, माओवादीले गरे । ठिकै भयो । पञ्चहरु मारिए कुटिए, भागे, पलाएन भए जे होस्, गाउँबाट उठिवास लाग्यो । त्यसपछि माओवादीले कांग्रेसलाई निसाना बनाए । त्यो बेला एमालेले खुच्चिङ मचायो । हामीले गर्ने कारवाही कांग्रेसलाई माओवादीले गरे जे गर ठिक गरे भने । कांग्रेसीहरु पनि आफ्नो आधारभुमि छोड्न बाध्य भए । त्यसपछि पालो आयो एमालेको, माओवादीले एमालेलाई पनि छोडेन्न् ।

यो तितो यर्थात यहाँ पनि लागू हुनसक्छ । हिजो विदेशी शक्ति केन्द्रले कांग्रेस सक्यो, त्यसपछि दरबार सक्यो । अब अन्तिम पालो नेकपाको छ । त्यो पनि सफलताको बाटोमा छ । यसले कोही प्रधामन्त्री बन्लान्, कुनै दल निर्वाचनमा दुई चार सिट बढाउलान् तर सबैले जितिराख्दा फेरि देश र व्यवस्थाले हार्नुपर्ने दिन आउँदैन भन्ने ग्यारेन्टी कसैसँग पनि छैन । नेपालीमा एउटा उखान छ ‘श्रीमती मरी भन्दा पनि काल पल्केला भन्ने डर ।’ श्रीमतीहरु मारिरहेका छन्, काल पल्किसकेको छ । आगे नेताहरुको मर्जी ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।